५ श्रावण २०८३, मंगलबार | July 21, 2026

बांके दुर्घटना अपडेट : दुर्घटनामा घाइते भएकाहरुको नामावली सार्वजनिक



नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २, मा पर्ने कचनापुर र शमसेरगन्जकोबीचमा पर्ने ठोरी जंगलमा दुर्घटनामा घाइते २१ जनाको पहिचान भएको छ । दुर्घटनामा मृत्यु भएका १२ जनाको शव भेरी अस्पतालमा राखिएको छ । सबै शवबाट स्वाब संकलन गरिएको छ ।

दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । मृतकहरुमध्ये गाडी चालक दैलेखका दानबहादुर खड्का र सहचालक सुर्खेतका पवनबहादुर भण्डारीको सनाखत भएको र अन्यको सनाखत गर्ने क्रम जारी रहेको बाँके प्रहरीले जनाएको छ । अन्य मृतकको पहिचान नखुले पनि घाइतेहरुको पहिचान खुलेको छ । घाइते २१ जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको पनि स्वाब संकलन सुरु गरिएको छ । भारतबाट ३१ जना यात्रु लिएर सल्यान तर्फ जाँदै गरेको बा ५ ख ५९९५ नम्बरको फोर्स बस गएराती रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएको थियो ।

घाइतेको नामावली

दाङ जिल्ला धर्ना ४ का ४५ वर्षीय मेघराज केसी
दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिकाका ३९ वर्षीय विष्णु गिरी
दाङ जिल्ला राजपुर २ का २१ वर्षीय जीवन घर्ती
दाङ जिल्ला राजपुर गा.पा. ६ का २० वर्षीय दिपेश चौधरी
दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका २ का २३ वर्षीय रुपलाल केसी
दाङ जिल्लाका २० वर्षीय भरत थापा
रोल्पा जिल्ला त्रिवेणी गा.पा. ७ का १७ वर्षीय सुनिल परियार
ऐ. का २० वर्षीय वीरेन्द्र परियार
ऐ. का १८ वर्षीय पुरन परियार
रोल्पा जिल्ला कुरैति गा.पा. २ का ५२ वर्षीय नर बहादुर विक
रोल्पा जिल्ला टुटु ८ का ४० वर्षीय दिल ब. बिक
सल्यान जिल्ला कुपिण्डेदह गा.पा. का २० वर्षीय मिनराज बिक
सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ५ का तेज बहादुर बुढाथोकी
सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ४ का २८ वर्षीय लोकेश घर्ती
सल्यान जिल्लाका १८ वर्षीय धन बहादुर बोहरा
सल्यान जिल्लाका ५२ वर्षीय दीप बहादुर बुढा
सल्यान जिल्ला शारदा गा.पा. ६ का टीका चलाउने
सल्यान जिल्लाका शिव भण्डारी
सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ५ का २६ वर्षीय निम बहादुर बादी
ऐ. का १८ वर्षीय देवेन्द्र बुढाथोकी
ऐ. का १७ वर्षीय ज्ञान बहादुर बोहरा

http://बांके दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १२ पुग्यो

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  ११ : २९ बजे

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले