९ भदौ २०८३, मंगलबार | August 26, 2026

भिम अस्पतालबाट २५ जना कोरोना संक्रमित निको भइ घर फिर्किए



भैरहवा । कोरोना भाइरसका संक्रमितहरुको संख्या थपिएसंगै प्रदेश नम्बर ५ का आइसोलेसन अस्पतालबाट संक्रमितहरु निको भएर पनि जान थालेका छन् । भैरहवाको भिम अस्पतालमा उपचारार्थ कोरोना भाइरसका संक्रमित २५ जना भाइरसलाई जितेर घर फर्किएका छन ।

रुपन्देही गैँडहवा गाउँपालिकाका १० जना, कपिलबस्तुका ५ जना, नवलपरासीका ३ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकाका ५ जना, सिद्धार्थनगर नगरपालिकाका १ जना र भारतका १ जना गरि जम्मा २५ जना डिस्चार्ज भएको भिम अस्पतालका प्रमुख डाक्टर नबिन दर्नालले जानकारी दिनुभयो ।

प्रदेश नम्बर ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले डिस्चार्ज भएका बिरामीहरुलाई पुष्प र खादा ओडाई बिदाई गर्नुभएको थियो । बिदाई गर्दै मन्त्री बरालले कोरोनाका पहिलो स्टेजका बिरामी भएका कारण नआत्तिन आग्रह गर्नुभयो ।

कोरोना सक्रमित कोही पनि लुकेर नबस्नुहोस हामी उपचारको ब्यवस्था गरेका छौँ मन्त्री बरालले भन्नुभयो, उनिहरुलाई माया र सद्भाव गर्नुपर्दछ ।

डिस्चार्ज भएका बिरामीहरुले हर्षित हुँदै भिम अस्पतालका कार्यरत चिकित्सकलाई धन्यवाद दिँदै नाच गान गर्दै बिदा भएका थिए ।
योसँगै प्रदेश पाँचमा कोरोना जितेर घर फर्किनेको संख्या ७७ पुगेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  १२ : ०४ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त