३१ जेष्ठ २०८२, शनिबार | June 14, 2025

भिम अस्पतालबाट २५ जना कोरोना संक्रमित निको भइ घर फिर्किए



भैरहवा । कोरोना भाइरसका संक्रमितहरुको संख्या थपिएसंगै प्रदेश नम्बर ५ का आइसोलेसन अस्पतालबाट संक्रमितहरु निको भएर पनि जान थालेका छन् । भैरहवाको भिम अस्पतालमा उपचारार्थ कोरोना भाइरसका संक्रमित २५ जना भाइरसलाई जितेर घर फर्किएका छन ।

रुपन्देही गैँडहवा गाउँपालिकाका १० जना, कपिलबस्तुका ५ जना, नवलपरासीका ३ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकाका ५ जना, सिद्धार्थनगर नगरपालिकाका १ जना र भारतका १ जना गरि जम्मा २५ जना डिस्चार्ज भएको भिम अस्पतालका प्रमुख डाक्टर नबिन दर्नालले जानकारी दिनुभयो ।

प्रदेश नम्बर ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले डिस्चार्ज भएका बिरामीहरुलाई पुष्प र खादा ओडाई बिदाई गर्नुभएको थियो । बिदाई गर्दै मन्त्री बरालले कोरोनाका पहिलो स्टेजका बिरामी भएका कारण नआत्तिन आग्रह गर्नुभयो ।

कोरोना सक्रमित कोही पनि लुकेर नबस्नुहोस हामी उपचारको ब्यवस्था गरेका छौँ मन्त्री बरालले भन्नुभयो, उनिहरुलाई माया र सद्भाव गर्नुपर्दछ ।

डिस्चार्ज भएका बिरामीहरुले हर्षित हुँदै भिम अस्पतालका कार्यरत चिकित्सकलाई धन्यवाद दिँदै नाच गान गर्दै बिदा भएका थिए ।
योसँगै प्रदेश पाँचमा कोरोना जितेर घर फर्किनेको संख्या ७७ पुगेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  १२ : ०४ बजे

आजको मौसम : यी प्रदेशहरूमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू-भाग

मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता : आदर्श र धम्बोझी विजयी

नेपालगन्ज । नेपालगन्जमा आयोजित प्रथम नगर मावि स्तरीय मेयर कप

गोप्य फोटो भिडियो बनाई बार्गेनिङ गर्ने २ जना पक्राउ

संखुवासभा । व्यक्तिगत गोपनिय फोटो र भिडियो बनाएर बार्गेनिङ गर्ने

बागलुङ जिप दुर्घटना अपडेट : घाइते तथा मृतकको पहिचान खुल्यो

बागलुङ । आज साँझ बागलुङको ढोरपाटन नगरपालिका–५ अस्तुमा भएको जिप

माओवादी नेता तथा संविधानसभा सदस्य विरेन्द्र जुहारचनको अन्त्येष्टि

मुस्ताङ । संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का