७ आश्विन २०८३, बुधबार | September 23, 2026

दलित सांसदको नेतृत्वमा संसदीय छानबिन गर : प्रमुख विपक्षी कांग्रेस



रुकुम । रुकुम पश्चिममा भएको हत्याको घटनालाई लिएर प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसले कडा कदम चाल्ने चेतावनी दिएको छ । कांग्रेसले घटनाको सत्य तथ्य पत्ता लगाउन संसदीय समिति बनाउनु पर्ने र त्यस्तो समितिमा दलित सांसद कै नेतृत्व हुनुपर्ने माग गरेको छ । नेपाली कांग्रेसले रुकुम घटनाको छानवीनका लागि संसदीय समिति गठन नभए कडा कदम चाल्ने चेतावनी समेत दिएको छ ।

प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद मानबहादुर विश्वकर्माले घटनाको निष्पक्ष छानविनका लागि दलित सांसदको नेतृत्वमा संसदिय समिति तत्काल गठन गर्न माग गर्नुभयो । उहाँले तत्काल छानवीन समिति गठन नभए कडा कदम चाल्न बाध्य हुने चेतावनी दिनुभयो ।

आजको प्रतिनिधिसभा बैठक सुरु भए लगत्तै बिपक्षि कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । बिपक्षिको बिरोध पछि सभामुख अग्नी सापकोटाले कांग्रेस सांसद मानबहादुर बिश्वकर्मालाई बोल्ने समय दिनुभएको थियो ।

सांसद विश्वकर्माले आफ्नो धारणा राख्दै रुकुम पश्चिम घटना गम्भिर घटना भएपनि गृहमन्त्रीले साधारण कर्मचारीको अध्यक्षतामा छानबिन समिति बनाएको भन्दै त्यस्ता समितिले न्याय दिन नसक्ने बताउनुभयो । उहांले हत्याकाण्डलाई फितलो बनाउनका लागि जाजरकोटमा आर्थिक चलखेल भइराखेको रिपोर्ट पनि आफुले पाएको जानकारी दिनुभयो ।

‘‘गृह मन्त्रीले तिनिहरु हामफाले भन्नुभएको छ । पोस्टमार्टमा गर्दा ति मृतकका पेटबाट पानी आएको छैन् । मान्छे हामफालेपछि सबैभन्दा पहिले पानी पिउँछ तर तिनको पोस्टमार्टमा गर्दा पानी नआउनुको कारण तिनिहरुलाई मारेर फालिएको प्रष्ट हुन्छ सांसद बिश्वकर्माले भन्नुभयो ।

पश्चिम रुकुमको चौरजहारीमा रहेको आफ्नी प्रेमिका लिन गएका १९ युवा मध्य जाजरकोटका प्रेमी नवराव विक सहित ४ जनाको शव फेला परिसकेको छ भने १ जना अझै बेपत्ता छन् ।

रुकुम पश्चिमको चौरजहारीमा भएको घटनामा संयुक्त राष्ट्रसंघले समेत निष्पक्ष छानबिनको माग गरेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  २ : २१ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई