७ आश्विन २०८३, बुधबार | September 23, 2026

शान्ति समाजको स्थापना दिवस : रुकुम घटनाको विरोध प्रदर्शन गरी मनायो



बुटवल । मानव अधिकार तथा शान्ति समाजले २५ औं स्थापना दिवस रुकुमा भएको मानवीय नरसंहार विरुद्ध सडकमा विरोध प्रदर्शन गरेर मनाएको छ ।

शान्ति समाज रुपन्देही शाखाले रुपन्देहीको सैनामैनामा सडकमा जातीय रुकुममा भएको नरसंहारमा संलग्नलाई कारवाहीको माग गर्दै आफ्नो स्थापना दिवस मनाएको हो ।

शान्ति समाजसँगै उक्त स्थानमा संयुक्त दलित संघर्ष समिति रुपन्देहीले समेत विरोध प्रदर्शन गरेको छ । निस्पक्ष छानविन र दोषीलाई कारवार्हिको गनुपर्ने बिभिन्न नारा लेखीएका प्लेकार्ड बोकेर सरकारको ध्यानआर्कषण गराएका थिए ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभापति गोविन्द खनालले सामाजिक न्यायका पक्षमा आफूहरु निरन्तर प्रतिबद्ध भएर लागेको बताउँदै रुकुम घटनामा संलग्नलाई कारवाही नहुँदासम्म आन्दोलन जारी राख्ने बताउनुभयो ।

सामाजिक न्याय, समानता र जातीय विभेदका विरुद्ध संघर्षमा रहेको बताउनुभयो । संविधानले जातीय विभेद उन्मूलन गरिएपनि समाजमा भएका विभेदका घटनाले समाजमा मुख देखाउन लायक नभएको बताउनुभयो ।

उक्त विरोधसभालाई सम्बोधन गर्दै पूर्व सांसद विनोद पहाडीले माओवादी जनयुद्धको उदगम स्थलमा जातीयताका नाममा गरिएको गम्भिर अपराध विरुद्ध देशैभरका दलित समुदाय तथा मानवअधिकारकर्मी सडकमा उत्रेको बताउनुभयो ।

राष्ट्रिय दलित पत्रकार संघ, नेपालका अध्यक्ष समेत रहेका पहाडीले रुपन्देही देवदहका १३ बर्षिय अंगिरा पासीको बलत्कारपछि हत्या भएको घटनामा संलग्नलाई उन्मुक्ति दिन खोजिएको विरोघ जनाउनुभयो ।

उहाले यस घटनामा संलग्नलाई जोगाउनका लागि संघीय संसदमा चलखेल भएको भन्दै दुस्साहीका विरुद्ध निरन्तर बोल्ने बताउनुभयो ।

कार्यक्रममा शान्ति समाजका केन्द्रीय सदस्य, कृष्ण पंगेनी, नेपाली काँग्रेसका नेता फणिन्द्र शर्मा, शान्ति समाज रुपन्देहीका पूर्व अध्यक्ष लालहरि,सैनामैना नगरपालिकाका वडा न. ३ का अध्यक्ष रन बहादुर पौडेल, दलित अभियान्ता नरबहादुर सुनार, नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रुपन्देही अध्यक्ष सुभाष परियार लागयत बोल्दै जातीय भेदभाव विरुद्ध एक्यबद्धता जनाउँदै यो राज्यकै समस्या भएको बताउनुभयो ।

शान्ति समाज रुपन्देहीका सभापति डिपि खनाल अध्यक्षताले शान्ति समाजले स्थापना दिवस विगत बर्षहरुमा भन्दा अहिले लकडाउन र जल्दोबल्दो रुकुम घटना भएको यसको बिरोध स्वरुप कार्यक्रम गरेको बताउनुभयो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  ५ : २६ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११