११ चैत्र २०८१, सोमबार | March 24, 2025

शान्ति समाजको स्थापना दिवस : रुकुम घटनाको विरोध प्रदर्शन गरी मनायो



बुटवल । मानव अधिकार तथा शान्ति समाजले २५ औं स्थापना दिवस रुकुमा भएको मानवीय नरसंहार विरुद्ध सडकमा विरोध प्रदर्शन गरेर मनाएको छ ।

शान्ति समाज रुपन्देही शाखाले रुपन्देहीको सैनामैनामा सडकमा जातीय रुकुममा भएको नरसंहारमा संलग्नलाई कारवाहीको माग गर्दै आफ्नो स्थापना दिवस मनाएको हो ।

शान्ति समाजसँगै उक्त स्थानमा संयुक्त दलित संघर्ष समिति रुपन्देहीले समेत विरोध प्रदर्शन गरेको छ । निस्पक्ष छानविन र दोषीलाई कारवार्हिको गनुपर्ने बिभिन्न नारा लेखीएका प्लेकार्ड बोकेर सरकारको ध्यानआर्कषण गराएका थिए ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभापति गोविन्द खनालले सामाजिक न्यायका पक्षमा आफूहरु निरन्तर प्रतिबद्ध भएर लागेको बताउँदै रुकुम घटनामा संलग्नलाई कारवाही नहुँदासम्म आन्दोलन जारी राख्ने बताउनुभयो ।

सामाजिक न्याय, समानता र जातीय विभेदका विरुद्ध संघर्षमा रहेको बताउनुभयो । संविधानले जातीय विभेद उन्मूलन गरिएपनि समाजमा भएका विभेदका घटनाले समाजमा मुख देखाउन लायक नभएको बताउनुभयो ।

उक्त विरोधसभालाई सम्बोधन गर्दै पूर्व सांसद विनोद पहाडीले माओवादी जनयुद्धको उदगम स्थलमा जातीयताका नाममा गरिएको गम्भिर अपराध विरुद्ध देशैभरका दलित समुदाय तथा मानवअधिकारकर्मी सडकमा उत्रेको बताउनुभयो ।

राष्ट्रिय दलित पत्रकार संघ, नेपालका अध्यक्ष समेत रहेका पहाडीले रुपन्देही देवदहका १३ बर्षिय अंगिरा पासीको बलत्कारपछि हत्या भएको घटनामा संलग्नलाई उन्मुक्ति दिन खोजिएको विरोघ जनाउनुभयो ।

उहाले यस घटनामा संलग्नलाई जोगाउनका लागि संघीय संसदमा चलखेल भएको भन्दै दुस्साहीका विरुद्ध निरन्तर बोल्ने बताउनुभयो ।

कार्यक्रममा शान्ति समाजका केन्द्रीय सदस्य, कृष्ण पंगेनी, नेपाली काँग्रेसका नेता फणिन्द्र शर्मा, शान्ति समाज रुपन्देहीका पूर्व अध्यक्ष लालहरि,सैनामैना नगरपालिकाका वडा न. ३ का अध्यक्ष रन बहादुर पौडेल, दलित अभियान्ता नरबहादुर सुनार, नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रुपन्देही अध्यक्ष सुभाष परियार लागयत बोल्दै जातीय भेदभाव विरुद्ध एक्यबद्धता जनाउँदै यो राज्यकै समस्या भएको बताउनुभयो ।

शान्ति समाज रुपन्देहीका सभापति डिपि खनाल अध्यक्षताले शान्ति समाजले स्थापना दिवस विगत बर्षहरुमा भन्दा अहिले लकडाउन र जल्दोबल्दो रुकुम घटना भएको यसको बिरोध स्वरुप कार्यक्रम गरेको बताउनुभयो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  ५ : २६ बजे

बुटवलमा थप १ सय ६९ ईरिक्सालाई संचालन अनुमतिपत्र

बुटवल । बुटवल उपमहानगरपालिकाले नगरभित्र अव्यवस्थित ईरिक्सा संचालनको गुनासो आईरहेको

नेपाल र चीनका पर्यटन व्यवसायीबीच ‘व्यवसायिक साझेदारी बैठक’

सिचुवान । पोखरा र चीनको सिचुवान प्रान्तको छोङछिङ नगरका पर्यटन

स्थानीयतहको विज्ञापन स्थानीय सञ्चार माध्यमलाई उपलब्ध गराउन पत्रकार महासंघकको आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले स्थानीय विज्ञापन स्थानीय

डाँफे कप फुटबल : भिलेज होप डुडुवा विजयी

खजुरा । बाँकेको खजुरामा जारी १० औं डाँफे कप नकआउट

सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति दृढ रहने कांग्रेस कार्यसम्पादन समितिको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले नेपालको संविधान र संविधानमा आधारित सङ्घीय