४ पुस २०८२, शुक्रबार | December 19, 2025

राजपा र समाजवादी पार्टीबाट संविधान संशोधन विधेयक दर्ता



काठमाडौं । मधेशमा मुख्य राजनीतिक गतिविधि गर्ने दुई दल राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी नेपालले संविधान संशोधन विधेयक दर्ता गराएका छन् ।

सरकारले दर्ता गराएको विधेयकमा आफुहरुको माग सम्बोधन नभएको भन्दै आलोचना गरेका दुई दलले आज संसदमा संयुक्त रुपमा अलग्गै गैरसरकारी विधेयकको रुपमा नेपालको संविधान दोस्रो संशोधन विधेयक दर्ता गराएका हुन् ।

राजपा नेपालका मा।लक्ष्मण लाल कर्ण र समाजवादी दलका मा। राजेन्द्र प्रसाद श्रेष्ठले संयुक्त रुपमा आज संघीय संसद सचिवालयमा नेपालको संविधान (दोश्रो संशोधन) विधेयक, २०७७ दर्ता गर्नु भएको छ ।

विधेयक दर्ता गरेपछि नेता कर्णले सत्तारुढ दलले आफुहरुको विधेयकलाई सरकार र नेपाली काँग्रेसले समर्थन गर्नुपर्ने बताउनुभयो । ‘आफूहरुको विधेयकमा समर्थन नगरे आफूहरु पनि सरकारले ल्याएको विधेयकमा समर्थन गर्न हामी बाध्य हुन्नौं’, कर्णले बताउनुभयो ।

सरकारले दर्ता गराएको संविधान संशोधन दोस्रो संशोधन विधेयक संसद बैठकमा पेश भैसकेको छ । संसदमा अव यो विधेयकमाथि प्रक्रियाअनुसार छलफल सुरु हुनेछ ।

भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर जारी गरेको नेपालको नयाँ नक्शालाई संविधानमा रहेको निशान छापमा परिवर्तन गर्नका लागि सरकारले विधेयक प्रस्ततु गरेको थियो । । सरकारले विधेयक पास गरी राष्ट्रियताको पक्षमा एक जुट हुन आग्रह गरेको थियो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विधेयकको पक्षमा समर्थन गर्ने निर्णय गरिसकेको छ ।

तर, मधेश केन्द्रित दलहरुले भने यही समयमा आफुहरुले विगतमा उठाउँदै आएको माग पुरा गर्नुपर्ने भन्दै शर्त राखेका थिए । मधेश केन्द्रित दल राष्ट्रिय जनता पार्टीले गत शुक्रबार नै छुट्टै संविधान संशोधन विधेयक दर्ता गराउन खोजेको थियो ।

राजपाको गैरसरकारी विधेयक त्यो दिन दर्ता भएको थिएन । शनिबार बसेको राजपा संसदीय दलको बैठकले सरकारी विधेयकलाई समर्थन नगर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  ६ : १७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको