७ आश्विन २०८३, बुधबार | September 23, 2026

राजपा र समाजवादी पार्टीबाट संविधान संशोधन विधेयक दर्ता



काठमाडौं । मधेशमा मुख्य राजनीतिक गतिविधि गर्ने दुई दल राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी नेपालले संविधान संशोधन विधेयक दर्ता गराएका छन् ।

सरकारले दर्ता गराएको विधेयकमा आफुहरुको माग सम्बोधन नभएको भन्दै आलोचना गरेका दुई दलले आज संसदमा संयुक्त रुपमा अलग्गै गैरसरकारी विधेयकको रुपमा नेपालको संविधान दोस्रो संशोधन विधेयक दर्ता गराएका हुन् ।

राजपा नेपालका मा।लक्ष्मण लाल कर्ण र समाजवादी दलका मा। राजेन्द्र प्रसाद श्रेष्ठले संयुक्त रुपमा आज संघीय संसद सचिवालयमा नेपालको संविधान (दोश्रो संशोधन) विधेयक, २०७७ दर्ता गर्नु भएको छ ।

विधेयक दर्ता गरेपछि नेता कर्णले सत्तारुढ दलले आफुहरुको विधेयकलाई सरकार र नेपाली काँग्रेसले समर्थन गर्नुपर्ने बताउनुभयो । ‘आफूहरुको विधेयकमा समर्थन नगरे आफूहरु पनि सरकारले ल्याएको विधेयकमा समर्थन गर्न हामी बाध्य हुन्नौं’, कर्णले बताउनुभयो ।

सरकारले दर्ता गराएको संविधान संशोधन दोस्रो संशोधन विधेयक संसद बैठकमा पेश भैसकेको छ । संसदमा अव यो विधेयकमाथि प्रक्रियाअनुसार छलफल सुरु हुनेछ ।

भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर जारी गरेको नेपालको नयाँ नक्शालाई संविधानमा रहेको निशान छापमा परिवर्तन गर्नका लागि सरकारले विधेयक प्रस्ततु गरेको थियो । । सरकारले विधेयक पास गरी राष्ट्रियताको पक्षमा एक जुट हुन आग्रह गरेको थियो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विधेयकको पक्षमा समर्थन गर्ने निर्णय गरिसकेको छ ।

तर, मधेश केन्द्रित दलहरुले भने यही समयमा आफुहरुले विगतमा उठाउँदै आएको माग पुरा गर्नुपर्ने भन्दै शर्त राखेका थिए । मधेश केन्द्रित दल राष्ट्रिय जनता पार्टीले गत शुक्रबार नै छुट्टै संविधान संशोधन विधेयक दर्ता गराउन खोजेको थियो ।

राजपाको गैरसरकारी विधेयक त्यो दिन दर्ता भएको थिएन । शनिबार बसेको राजपा संसदीय दलको बैठकले सरकारी विधेयकलाई समर्थन नगर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  ६ : १७ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११