१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

‘जुम एप’मा थपियो नयाँ फिचर



भिडियो कुराकानी तथा बैठक गर्नका लागि चर्चित जुम एपले नयाँ केही विषेशता तथा सेवाहरू थप गरेको छ ।

विषेशगरी जुममार्फत् भएको कुराकानीको गोपनीयतामा प्रश्न उठिरहेका बेला यस एपका सञ्चालकले गोपनीयता सुनिश्चित गर्ने विषेशता थप गरिएको बताएका छन् ।

“जुम एपको सवैभन्दा पछिल्लो भर्सन ५.० मा गोपनीयता, सूचनाको सुरक्षालगायतलाई सुनिश्चित गर्ने विषेशतासहितका सेवाहरू थप गरिएको छ,” अधिकारीहरूले भनेका छन् ।

त्यसैगरी पासवर्ड, वेविनार तथा क्लाउड रेकर्डिङ, एडमिन, सेटिङ्ग, बैठकको समयावधिलगायतका विषयमा पनि केही सुधार गरिएको कम्पनीले जनाएको छ ।

विश्वभरी कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि घरबाटै कुराकानी तथा बैठक, छलफल गर्न तथा सञ्चार माध्यमहरूले अन्तर्वार्ता लिनका लागि जुमको प्रयोग अत्यधिक हुन थालेको छ ।

तर कतिपय बैठक तथा छलफल गोप्य तथा सुरक्षित हुनुपर्ने भएकाले यसको गोपनीयता र सुचनाको सुरक्षामा प्रश्न उठ्दै आएको थियो ।

भारतको केन्द्रीय गृह मन्त्रालयले पनि गत अप्रिलमा जुमबाट हुने बैठक गोपनीयताको दृष्टिकोणले सुरक्षित नरहेको भन्दै औपचारिक प्रयोजनका लागि त्यसको प्रयोग नगर्न निर्देशन जारी गरेको थियो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  ९ : १९ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो