१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

नारायणी अस्पतालमा ओपिडी सेवा सुरु



वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालमा बहिरङ्ग सेवा सुरु भएपछि सर्वसाधारण खुशी भएका छन् ।

अस्पतालमा भर्ना भएका ७१ जना कोरोना सङ्क्रमित निको भाइ घरफिर्ता भएपछि अस्पताललाई सङ्क्रमण मुक्त गरी डायलायसिस, इमर्जेन्सीसहित आजदेखि बहिरङ्ग सेवा शुरु गरिएको हो ।

अस्पतालमा आउने बिरामीलाई सामाजिक दूरी कामय राख्दै सेवा लिने व्यवस्था अस्पताल प्रशासनले मिलाएको छ । पहिलो दिनमा २५÷२५ जना बिरामीको स्वास्थ्य उपचारबाट मेडिकल, गाइनो, अर्थोलगायतका ओपिडबाट शुरुवात गरिएको छ भने बिरामी भर्नालाई अहिले रोकिएको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिनुभयो ।

डा. उपाध्यायले अस्पतालको केही क्षेत्र अहिले पनि सङ्क्रमण मुक्त गरी पिसिआर परीक्षण गर्न बाँकी भएकाले बिरामी भर्ना नगरिएको बताउनुभयो । कोभिड सङ्क्रमित राखिएका क्षेत्रको परीक्षण सम्पन्न भएलगत्तै बिरामी भर्ना तथा शल्याक्रिया सेवासमेत शुरु गरिने उहाँले जानकारी दिनुभयो ।

अस्थायी कोभिड उपचार केन्द्रमा अस्पताललाई परिणत गर्दै अन्य उपचार सेवा बन्द भएपछि सेवाग्राही मारमा परेका थिए । अस्पतालले ओपिड सेवा शुरु गरेपछि यसको लाभ गरिब जनताले पाउने नागरिक समाजका अगुवा नेजामुद्दिन समानीले जानकारी दिनुभयो । उहाँले गरिबको उपचार हुने मुख्य थलोका रुपमा रहेको अस्पताललाई सङ्क्रमण मुक्त गरी बाँकी उपचार सेवा चाँडोभन्दा चाँडो सञ्चालन गर्न अस्पताल प्रशासनसँग अनुरोध गर्नुभयो ।

बारा, पर्सा, रौतहट, सार्लाहीलगायत सिमावर्ती भारतीय शहरबाट दैनिक एक हजार २०० भन्दा बढी बिरामी उपचारका लागि नारायणी अस्पतालमै आउने गरेका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  ४ : २० बजे

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर । होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल

रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक

प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे मध्यरातमै पदभार ग्रहण

काठमाडौं । प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले बुधबार

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन । यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व

कांग्रेसको १५ औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको