१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नारायणी अस्पतालमै बच्चा छाडेर भागेकी आमा अझै भेटिएन



पर्सा । छोरी जन्मिएपछि नारायणी अस्पतालमै बच्चा छाडेर फरार भएकी आमा अझै भेटिएकी छैनन् । गत शनिबार बिहान साढे ६ बजे नारायणी अस्पतालमा भर्ना भएकी वीरगञ्ज-६ रानीघाट ठेगाना र सीतादवी नाम लेखाएकी महिलाले सामान्य अवस्थामा नै छोरीलाई जन्म दिएकी थिइन् ।

अस्पतालमा उनीसँगै उनकी सासु बेडीदेवी पनि पुगेकी थिइन् । छोरीको जन्म भएपछि सासुसँग भनाभन हुँदा अस्पतालमै बच्चा छाडेर सीतादेवी फरार भएकी थिइन्। हजुरआमा पनि सम्पर्कविहीन भएपछि बच्चा अहिले अस्पतालमै छ । बच्चाको अवस्था समान्य रहेको तथा बच्चाको आमा वा घरपरिवारबाट कसैले हालसम्म अस्पतालमा सम्पर्क नगरेको नारायणी अस्पतालमा प्रवक्ता डा. उदय नारायण सिंहले जानकारी दिए ।

अस्पतालमा सीतादेवीले आफ्ना श्रीमान्‌को नाम दीपक कानु लेखाएकी छन् । उनले लेखाएको ठेगाना गलत रहेको तथा छोरी जन्मिएका कारणले नै बच्चालाई छोडेर हिँडेको हुनसक्ने उनले बताए । यसअघि सीतादेवीले तीन छोरी जन्माएको सिंहले बताए ।

बच्चालाई छाडेर आमा र परिवारजन फरार भएपछि अस्पतालले पर्सा प्रहरीलाई खबर गरेको थियो । आइतबारदेखि नै प्रहरीले बच्चाको आमा र परिवारलाई खोजी गरिरहेको भए पनि हालसम्म भेटाउन नसकिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमारविक्रम थापाले जानकारी दिए । ठेगाना गलत भएकोले खोजीमा अप्ठयारो भइरहेको बताउँदै खोजी कार्य भने जारी रहेको उनले बताए ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ५ : ३४ बजे

चार दिनदेखि कालीगण्डकी करिडोर बन्द

बागलुङ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ

जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक

काठमाडौँ-तराई द्रूतमार्ग : जग्गा अधिग्रहणको प्रतीक्षामा सेना

काठमाडौँ । राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराईरमधेस द्रूतमार्ग (फास्ट

पूर्वप्रधानमन्त्री माधव नेपालले गरे चलचित्र ‘नमेटिने घाउ’ को आफ्नो दृश्यको डबिङ

काठमाडौं । चलचित्र “नमेटिने घाउ’’ मा अभिनय गरेका पूर्वप्रधानमन्त्री माधव

शरणार्थी र गिरीबन्धु टि स्टेटका फाइल कानुनअनुसार अनुसन्धान हुनुपर्छ : कांग्रेस महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भुटानी शरणार्थी र