६ बैशाख २०८२, शनिबार | April 20, 2025

नारायणी अस्पतालमा ओपिडी सेवा सुरु



वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालमा बहिरङ्ग सेवा सुरु भएपछि सर्वसाधारण खुशी भएका छन् ।

अस्पतालमा भर्ना भएका ७१ जना कोरोना सङ्क्रमित निको भाइ घरफिर्ता भएपछि अस्पताललाई सङ्क्रमण मुक्त गरी डायलायसिस, इमर्जेन्सीसहित आजदेखि बहिरङ्ग सेवा शुरु गरिएको हो ।

अस्पतालमा आउने बिरामीलाई सामाजिक दूरी कामय राख्दै सेवा लिने व्यवस्था अस्पताल प्रशासनले मिलाएको छ । पहिलो दिनमा २५÷२५ जना बिरामीको स्वास्थ्य उपचारबाट मेडिकल, गाइनो, अर्थोलगायतका ओपिडबाट शुरुवात गरिएको छ भने बिरामी भर्नालाई अहिले रोकिएको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिनुभयो ।

डा. उपाध्यायले अस्पतालको केही क्षेत्र अहिले पनि सङ्क्रमण मुक्त गरी पिसिआर परीक्षण गर्न बाँकी भएकाले बिरामी भर्ना नगरिएको बताउनुभयो । कोभिड सङ्क्रमित राखिएका क्षेत्रको परीक्षण सम्पन्न भएलगत्तै बिरामी भर्ना तथा शल्याक्रिया सेवासमेत शुरु गरिने उहाँले जानकारी दिनुभयो ।

अस्थायी कोभिड उपचार केन्द्रमा अस्पताललाई परिणत गर्दै अन्य उपचार सेवा बन्द भएपछि सेवाग्राही मारमा परेका थिए । अस्पतालले ओपिड सेवा शुरु गरेपछि यसको लाभ गरिब जनताले पाउने नागरिक समाजका अगुवा नेजामुद्दिन समानीले जानकारी दिनुभयो । उहाँले गरिबको उपचार हुने मुख्य थलोका रुपमा रहेको अस्पताललाई सङ्क्रमण मुक्त गरी बाँकी उपचार सेवा चाँडोभन्दा चाँडो सञ्चालन गर्न अस्पताल प्रशासनसँग अनुरोध गर्नुभयो ।

बारा, पर्सा, रौतहट, सार्लाहीलगायत सिमावर्ती भारतीय शहरबाट दैनिक एक हजार २०० भन्दा बढी बिरामी उपचारका लागि नारायणी अस्पतालमै आउने गरेका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  ४ : २० बजे

समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य हुँदैन : गृह मन्त्रालय

काठमाडौँ । राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले लगाएको निषेधित

चितवन सेवा समाज बाँकेको शुभकामना तथा क्यालेन्डर विमोचन

नेपालगन्ज । चितवनबाट बाँकेमा बसोबास गरिरकेकाहरुको संगठन चितवन सेवा समाज

न्यू डाँफेको नेतृत्वमा दोस्रो पटक तिलकबीर सुनार, आगामी वर्ष गोल्ड कपको घोषणा

खजुरा । बाँके जिल्लाकै जेठो क्लब मध्यको न्यू डाँफे स्पोर्ट्स

लुम्बिनी कप अन्तराष्ट्रिय महिला फुटबल : भारतीय टिमलाई ४-० ले पराजित गर्दै पुलिस क्लव विजयी

नेपालगन्ज । नेपालगन्जमा जारी अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल

१० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिता सुरु

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले १०औं मणिमुकुन्द कप