६ जेष्ठ २०८२, मंगलबार | May 21, 2025

कांग्रेसका आठ सांसदले दर्ता गराए संविधान संशोधन विधेयक



काठमाडौं । नेपाली कांग्रेसबाट मधेशको प्रतिनिधित्व गर्ने आठ सांसदले संविधान संशोधनको विधेयक दर्ता गराएका छन् ।

पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार भन्दै तराई मधेशबाट प्रतिनिधित्व गर्ने प्रदीप गिरी, अमरेशकुमार सिंह लगायतका आठ सांसदले संसद सचिवालयमा नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ दर्ता गराएका हुन् ।

विधेयक दर्ता गर्न संसद सचिवालय पुगेका सांसदहरुले पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार संशोधन विधेयक दर्ता गराएको बताएका छन् ।

सांसद अमरेशकुमार सिंहले आफुहरुले दर्ता गराएको विधेयकले सबै जनतालाई समानताको बोध हुने र तराई मधेसमा भएको असन्तुष्टिलाई समेत सम्बोधन गर्ने दाबी गर्नुभयो ।

विगतमा पार्टीले दर्ता गराएको विधेयकलाई नै आधार मानेर मानिएको उहाँले बताउनुभयो । पहिला एमालेको असहयोगका कारण संविधान संशोधन असफल भयो । यसपटक पार्टीले आफै विधेयक दर्ता गराउने निर्णय गरेका कारण आफुहरुले विधेयक दर्ता गराएको सिंहको तर्क छ ।

कांग्रेस सांसदहरुले दर्ता गराएको विधेयकमा प्रदेशको सीमाना हेरफेर, नागरिकता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधित्वको विषयमा संशोधन गर्ने विषयहरु राखिएका छन् ।

विधेयक दर्ताका लागि सांसदहरु प्रदीप गिरी, उमाकान्त चौधरी, अमरेशकुमार सिंह, चत्रलेखा यादव, चेजुलाल चौधरी, अभिशेकप्रताप शाह, नमिता चौधरी, पद्य्मनारायण चौधरी लगायत संसद सचिवालय पुगेका थिए ।

यसअघि, सरकारले नेपालको नक्शा परिवर्तन गर्नका लागि दर्ता गराएको विधेयक संसद बैठकमा पेश भैसकेको छ भने मधेश केन्द्रित दल राजपा र समाजवादी पार्टीले पनि अलग्गै विधेयक संसद सचिवालयमा दर्ता गराएका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  ७ : २६ बजे

चौरजहारीमा आयोजित जनसभा मध्य पहाडी लोकमार्ग अभियानकै उत्कट : प्रचण्ड

रूकुम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

विश्व पौडेल गभर्नरमा नियुक्त

काठमाडौं । सरकराले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा अर्थविद् डा विश्वनाथ

गभर्नरका लागि विश्व पौडेलको नाम एक नम्वरमा सिफारिस

काठमाडौं । गभर्नर सिफारिस समितिले प्राडा विश्वनाथ पौडेलको नाम एक

विश्व पौडेल विरुद्ध रिट दर्ता नगर्ने आदेश सदर

काठमाडौं। सर्वोच्च अदालतले डा विश्व पौडेललाई गभर्नर बन्ने रोक नहुने

नवलपुरमा बस र माइक्रो ठोक्किदा ९ जना घाइते, ५ को अवस्था गम्भीर

नवलपुर। नवलपुरको गैँडाकोट नगरपालिका–९ थुम्सीमा बस र माइक्रोबस एक आपसमा