१८ चैत्र २०७९, शनिबार | April 1, 2023

विदेशबाट आएका नेपालीलाई यसरी होल्ड गरिनेछ



काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) विश्वव्यापी संक्रमणका कारण उत्पन्न असहज परिस्थितिका कारण स्वदेश आउनैपर्ने अवस्थामा रहेका विदेशमा रहेका नेपाली नागरिकलाई होल्डिङ सेन्टरमा राखेर आवश्यक प्रक्रिया पुर्याई क्वारेन्टिन पठाउने सरकारको तयारी छ ।

विदेशबाट आएका नागरिकलाई नेपाली सेनाको व्यवस्थापनमा त्रिभूवन अन्तर्राष्ट्रिय विमान स्थिलबाट सिधै विभिन्न स्थानमा तोकिएका होल्डिङ सेन्टरमा लगिने छ । त्यहाँ उनीहरुको पालिकागत विवरण, स्वास्थ्य स्थिति लगायतको व्यक्तिगत विवरण तयार पारिनेछ । ट्रेसिङ सहजताका लागि सरकारले निःशुल्क सिमकार्ड उपलब्ध गराउनेछ ।

होल्डिङ सेन्टरबाट होटल क्वारेन्टिनमा बस्न चाहनेलाई सिधै व्यवस्थापन गरिएको होटलमा र स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टिनमा बस्नेलाई सम्बन्धित जिल्ला सदरमुकामसम्म पुर्याइनेछ ।

यसरी आउने नागरिकलाई सम्बन्धित स्थानीय तहले जिम्मा लिई क्वारेन्टिनमा राख्नुपर्नेछ । स्थानीयतहको क्वारेन्टिनमा बस्नेलाई खाना लगायत आवश्यक व्यवस्था सोही स्थानीय तहले गर्नेछ ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  ९ : ४६ बजे

सामुदायिक विद्यालयमा अब्बल बन्दै ‘रामतुलसी’

रामपुर । हुने खाने परिवारका अभिभावकले भरसक गाउँका सामुदायिक विद्यालयमा

कविता : ‘उपियाँको साम्राज्य हो त्यो!’

निमुखा र गरिबको रगत र पसिना चुसेर ठडिएको महल, महल

समीक्षा अधिकारीको ‘बर्दिबासको घाम’मा प्रथम र नग्मा

काठमाडौं । गायिका समीक्षा अधिकारी र गायक वाङ छिरीङ भोटियाको

भरत तालमा पर्यटकको घुँइचो

सर्लाही । सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधीन

आजदेखि रसुवागढी नाका पूर्णरुपमा सञ्चालन हुने

काठमाडौं । आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका आजदेखि