५ पुस २०८२, शनिबार | December 20, 2025

कोरोनाबाट बेलायतमा ६७ नेपालीको निधन, मृत्यु हुनेमा ५६ जना भूतपूर्व गोरखा सैनिक



लण्डन । कोरोना भाइरसको कारण नेपाल भित्रमात्र होईन विदेशमा पनि नेपालीहरुको मृत्यु भएको खबर आईरहेकाछन् ।

तुलनात्मकरुपमा नेपालमा कोरोनाका कारण मृत्युहुनेको अनुपात कम भएपनि बिदेशमा रहेका नेपालीहरु संक्रमणकै कारण मृत्यु भएको छ ।नेपालमा मृत्यु भएका ८ जनामा सबै मृत्यु भईसकेपछि कोरोना पुष्टी भएपनि बेलायतमा भने कोरोना कै कारण सिकिस्त भएर नेपालीको मृत्यु भएको बताईएको छ ।

बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ६७ जनाले ज्यान गुमाएका छन् । मंगलबार थप २ जनाको मृत्यु भएपछि बेलायतमा ज्यान गुमाउने नेपालीको संख्या ६७ पुगेको हो ।

मंगलवार थप २ जनाको निधन भएको जानकारी लण्डनस्थित नेपाली दुतावासले दिएको हो ।दुताबासका अनुसार, कोरोना संक्रमणबाट निधन हुनेहरुमा ५६ जना पुरुष र ११ जना महिला छन् ।

बेलायमा मृत्यु हुनेहरुमा ५६ जना गोरखा भूतपूर्व सैनिक तथा उनीहरुको परिवारका सदस्य रहेका छन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार  ७ : ५६ बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने