१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

कोरोना महामारी ब्यवस्थापनका लागि आध्यात्मिक गुरु रविशंकरले अन्तरक्रिया गर्ने



नेपालगन्ज । आध्यात्मिक गुरु श्री रविशंकरले कोरोना महामारी व्यवस्थापनका विषयमा अन्तरक्रिया गर्ने भएका छन् । पूर्वप्रधानमन्त्री, सर्बोच्च अदालतका न्यायाधिस, पूर्वमन्त्री लगायत देशका विभिन्न क्षेत्रका उच्च ओहोदाका २० जनासँग दुई दिन भर्चुअल अन्तरक्रिया गर्ने तय भएको ।

द आर्ट अफ लिभिङका संस्थापक रविशंकरले बुधबार बिहान ११ बजे कोरोना महामारी संकट व्यवस्थापनमा अध्यात्मको भूमिका विषयमा पूर्वप्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल, पूर्वमन्त्रीहरु प्रकाशचन्द्र लोहनी, प्रकाश शरण महत, सुरेन्द्र पाण्डे र राजेन्द्र महतोसँग अन्तरक्रिया गर्नेछन् । सोही कार्यक्रममा पूर्वप्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, बरिष्ठ नेत्ररोग विशेष डा.सन्दुक रुइत, द आर्ट अफ लिभिङ नेपालका अध्यक्ष सिद्धेश्वरकुमार सिंह र महासचिव डा.सन्दीप शाहसँग अन्तरक्रिया हुनेछ ।

त्यसैगरी शुक्रबार बिहान ७ः१५ बजे अनिश्चित समयमा प्रेरणादायक नेतृत्वको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा भने सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान, संयुक्त राष्ट्रसंघका पूर्वसहायक सचिव कुलचन्द्र गौतम, युएन सीड समिति उपाध्यक्ष बन्दना राणा, नेपाल विद्युत प्राधिकरणका महाप्रबन्धक कुलमान घिसिङ, गायिका आनी छोइङ डोल्मा, नेपालका लागि अमेरिकाका पूर्वराजदूत डा.शंकरप्रसाद शर्मा, क्रिकेटर पारस खड्का, चौधरी ग्रुपका महाप्रबन्धक निर्वाण चौधरी अन्तरक्रियामा सहभागी हुनेछन् । यो कार्यक्रमको सहजीकरण द आर्ट अफ लिभिङका नीभा माथेमा प्रधानले गर्ने जनाइएको छ ।

योग, ध्यान र सेवाको क्षेत्रमा क्रियाशील द आर्ट अफ लिभिङ फाउन्डेसनसन् १९८१ मा स्थापना भएको गैरनाफामूलक, शिक्षा र मानवीयताको क्षेत्रमा काम गर्ने आध्यात्मिक संस्था हो । विश्वका एक सय ५६ देशमा यसका शाखा छन् । तनावरहित मन र हिंसा रहित समाज भन्ने यसको मूल नारा रहेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार  १ : ३४ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको