२७ चैत्र २०८२, शुक्रबार | April 11, 2026

भारतमा दैनिक १५ हजार संक्रमित थपिने चिनिया अनुसन्धानकर्ताको प्रक्षेपण



एजेन्सी । चिनियाँ अनुसन्धानकर्ताले चालु महिनाको मध्यदेखि भारतमा दैनिक १५ हजार सम्म नयाँ कोरोना संक्रमित फेला पर्न सक्ने अनुमान प्रक्षेपण गरेका छन् । उत्तरपूर्वी चीनको गान्सु प्रान्तको लनझाउ विश्वविद्यालयका अनुसनधानकर्ताले १ सय ८० मुलुकको दैनिक संक्रमितबारे प्रक्षेपण गर्नेक्रममा भारतबारे यस्तो प्रक्षेपण सार्वजानिक गरेको हो ।

अनुसन्धानकर्ताले यस अघि जुन २ मा भारतमा ९ हजार २ सय ९१ संक्रमित भेटिने प्रक्षेपण गरेका थिए। भारतको आधिकारिक तथ्याङ्क आउँदा यो संख्या थोरैले मात्र फरक परेको देखियो। जुन २ मा भारतमा ८ हजार ९ सय ९ संक्रमित भेटिएको छ ।

अनुसन्धान रिपोर्टअनुसार अब भारतमा क्रमशः ९ हजार ६ सय ७६, १० हजार ७६, १० हजार ४ सय ९८, १० हजार ९ सय ३६ हरेक दिन नयाँ संक्रमित थपिनेछन् ।

गत शुक्रवार भारतमा ७ हजार ४ सय ६७ जना थप संक्रमित भेटिएका थिए। चिनियाँ अनुसन्धानकर्ताले ७ हजार ६ सय ७ संक्रमित भेटिने प्रक्षेपण गरेका थिए।

अनुसन्धानमा अमेरिकामा लगातार ३० हजार नयाँ संक्रमित थपिने तथा युरोपेली मुलुकहरुमा क्रमसः नयाँ संक्रमितको संख्या घट्दै जाने देखिएको छ ।

चिनियाँ अनुसन्धानकर्ताले अनुसन्धानको तथ्याङ्क कसरी तयार गरिरहेको हो भन्ने चाहिँ खुलाएका छैनन्। भाइरसको फैलावटलाई जनसंख्या, क्वारेन्टाइनको अवस्था लगायत वातावरणीय प्रभाव लगायतका आधारमा विश्लेषण गरिएको हो, अनुसन्धानमा जुटेका हुवाङ जिनपिङले भनेका छन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार  ४ : ४९ बजे

उपसभामुख ठाकुरद्वारा पद तथा गोपनियताको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित

नवनियुक्त मन्त्रीद्वय यादवले लिए शपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका

भक्तपुरमा बिस्का: जात्रा सुरु

भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्का:

संघीय संसद्को चालु अधिवेशन मध्यरातिदेखि अन्त्य

काठमाडौं । संघीय संसद्को चालु अधिवेशन शुक्रबार मध्यराति १२ बजेदेखि