१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बाबुलाई मारेर गाडेको घटनाको अनुसन्धान सुरु



तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले आफ्नै बाबुलाई कर्तव्य गरी मारेर गाडेको घटनाको अनुसन्धान थालेको छ ।

आँबुखैरेनी गाउँपालिका–४ खस्राङ बस्ने ४१ वर्षीय राजकुमार गुरुङलाई निजकै छोरा २१ वर्षीय वीरमानले कर्तव्य गरी मारेकाले निजलाई ज्यान मुद्दामा अनुसन्धान थालिएको हो ।

बुबाको हत्यापछि जातीय रीतिरिवाजअनुरुप चिहान खनी पुरेर दाहसंस्कार गरेको भन्ने सूचना प्रहरीलाई प्राप्त भएपछि स्थानीयवासीको रोहवरमा उक्त शव सुरक्षित साथ उत्खनन गरिएको थियो ।

छोराले गत भदौ ३१ गते आफ्नै घरमा कर्तव्य गरी पिताको हत्या गरेको र शव उत्खनन गरी लाशजाँच मुचुल्कालगायतको प्रारम्भिक अनुसन्धान पूरा गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

शव परीक्षणका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा) पठाइएको प्रहरीले जनाएको छ । अभियुक्तलाई नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद थप लिई थप अनुसन्धान भइरहेको बताइएको छ ।

फरार मुद्दाका २५ जना पक्राउ

जिल्ला प्रहरी कार्यालयले विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका २५ जनालाई पक्राउ गरेको छ । जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फी र सरकारी बिगोसमेत तिर्न बाँकी भई फरार रहेका व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ६ : ०९ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान