५ पुस २०८२, शनिबार | December 20, 2025

हङकङ चीनको अभिन्न अंग, कानुन र सुरक्षा व्यवस्था स्थापना चीनको आन्तरिक मामिला : नेपाल



काठमाडौं । नेपालले हङकङ जनवादी गणतन्त्र चीनको अभिन्न अंग भएको स्पष्ट पारेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ताले बुधबार जारि गरेको प्रेस नोटमा हङकङ चीनको अभिन्न अंग भएको स्पष्ट पार्दै त्यहाँको शान्ति सुरक्षा र कानुन व्यवस्था स्थापित गर्ने काम चीनको आन्तरिक मामिला भएको स्पष्ट पारेको हो ।

नेपालले कुनै पनि मुलुकको आन्तरिक मामिलामा हस्तक्षेपलाई अस्वीकार गर्दै आएको छ । नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको पनि परराष्ट्र मन्त्रालयले पुनः स्पष्ट पार्दै हङकङबारे चिनियाँ नीतिलाई समर्थन गर्ने जनाएको छ ।

चिनियाँ संसद पिपुल्स कंग्रेसले हङकङमा आन्तरिक सुरक्षा कानुन लागु गर्ने निर्णय गरेसँगै अमेरिकाले चीनविरूद्ध कारवाही गर्नेगरी कानुन बनाएको छ । हङकङलाई विशेष व्यापारिक दर्जा दिएको सो दर्जा फिर्ता लिएको छ ।

अमेरिकाकै पछिपछि बेलायतले पनि हङकङमा चिनियाँ हस्तक्षेप बढेकशध आरोप लगाउँदै आफ्नो स्वार्थ रक्षा गर्न चीन विरूद्ध प्रतिबन्धसम्म लगाउने चेतावनी दिएको छ ।

चीनले भने आफ्नो देशको आन्तरिक मामिलामा विदेशी हस्तक्षेप अस्वीकार गर्दै अमेरिका र बेलायतलाई चेतावनी दिएको छ ।

हङकङको निर्णय गर्ने अधिकार केवल हङकङ र मुख्यभूमि चीनलाई मात्रै छ । अमेरिका र बेलायत लगायतका मुलुकहरूले हङकङको मामिलामा हस्तक्षेप गर्न खोज्नु अनुचित देखिन्छ ।

हङकङलाई एशिया प्रशान्त क्षेत्रको व्यवसायिक हब मानिन्छ । चीनले पनि हङकङमा खुला बजार अर्थ नीति, अभिव्यक्ति स्वतन्त्रतालाई संरक्षण गर्ने प्रतिवद्धता जनाइरहेको छ । तर, स्वतन्त्रताको नाममा राष्ट्रिय अखण्डता माथि नै आँच आउन नदिन चीन सजग देखिन्छ ।

हङकङमा प्रजातन्त्रको नाममा गत वर्ष चीन विरूद्ध हिंसात्मक प्रदर्शन भएको थियो । सो प्रदर्शनलाई अमेरिकाले सहयोग गरेको थियो ।

अफिम युद्धमा चीनलाई पराजित गरेपछि हङ्कङ बेलायतको उपनिवेश रहेको थियो । सन् १९९७ मा ‘एक देश दुई प्रणाली’ अन्तर्गत चीनलाई फिर्ता भएको थियो ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार  ७ : ३० बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता