२० आश्विन २०८३, मंगलबार | October 7, 2026

लकडाउन मोडालिटी : डब्लुएचओको गाईडलाईन अनुसार चल्न बिज्ञहरुको सुझाव



काठमाडौं । नेपालका विभिन्न क्षेत्रका विज्ञहरूले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को गाइडलाइन अनुसार अघि बढ्न सरकारलाई सुझाव दिएकाछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनु भएको बिज्ञहरुसंगको परामर्श बैठकमा सहभागिहरुले डब्लुएचओको गाइडलाइन अनुसार चल्न र त्यसको कार्यान्वयन गर्न विज्ञ टोली बनाउन प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।

प्रधानमन्त्री ओलीले लकडाउनको मोडालिटी र कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका बिषयमा राय माग्न बिभिन्न क्षेत्रका बिज्ञहरुलाई परामर्श बैठककालागि बोलाउनु भएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको छलफलमा लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे पनि छलफल गरिएको बताईएको छ ।

करिब ४ घण्टासम्म भएको छलफल उपलब्धिमूलक र फलदायी भएको प्रधानमन्त्री निकट स्रोतले दाबी गरेको छ । बैठकमा प्रधानमन्त्रीले सबै क्षेत्रका विज्ञबाट रायसुझाव माग गरेपछि विज्ञहरूले आफ्नो क्षेत्रका धारणा राखेका थिए ।

सरोकारवादा र विज्ञले दिएको सुझावलाई प्रधानमन्त्रीले सकरात्मक रुपमा लिदैं विज्ञ टोली बनाउने प्रतिबद्धता गरेको छलफलमा सहभागीले जनाएका छन् । जनतामा उत्प्रेरणा जगाउने कार्य राज्यले गर्नुपर्नेमा सबैको एकमत रहेको थियो । प्रधानमन्त्रीले फेरि पनि विज्ञसँग परामर्श बैठक बोलाउने बचन दिनुभएको एक सहभागिले बताएकाछन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार  ९ : ४५ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला । गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ ।

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको पार्टीको १५औँ महाधिवेशन अन्तरर्गतको निर्वाचनका लागि

शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल चयन

काठमाडौँ । शिक्षा पत्रकार समूहको १३औँ अधिवेशनबाट पत्रकार जनक नेपालको

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

काठमाडौं । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते