७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

लकडाउन मोडालिटी : डब्लुएचओको गाईडलाईन अनुसार चल्न बिज्ञहरुको सुझाव



काठमाडौं । नेपालका विभिन्न क्षेत्रका विज्ञहरूले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को गाइडलाइन अनुसार अघि बढ्न सरकारलाई सुझाव दिएकाछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनु भएको बिज्ञहरुसंगको परामर्श बैठकमा सहभागिहरुले डब्लुएचओको गाइडलाइन अनुसार चल्न र त्यसको कार्यान्वयन गर्न विज्ञ टोली बनाउन प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।

प्रधानमन्त्री ओलीले लकडाउनको मोडालिटी र कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका बिषयमा राय माग्न बिभिन्न क्षेत्रका बिज्ञहरुलाई परामर्श बैठककालागि बोलाउनु भएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको छलफलमा लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे पनि छलफल गरिएको बताईएको छ ।

करिब ४ घण्टासम्म भएको छलफल उपलब्धिमूलक र फलदायी भएको प्रधानमन्त्री निकट स्रोतले दाबी गरेको छ । बैठकमा प्रधानमन्त्रीले सबै क्षेत्रका विज्ञबाट रायसुझाव माग गरेपछि विज्ञहरूले आफ्नो क्षेत्रका धारणा राखेका थिए ।

सरोकारवादा र विज्ञले दिएको सुझावलाई प्रधानमन्त्रीले सकरात्मक रुपमा लिदैं विज्ञ टोली बनाउने प्रतिबद्धता गरेको छलफलमा सहभागीले जनाएका छन् । जनतामा उत्प्रेरणा जगाउने कार्य राज्यले गर्नुपर्नेमा सबैको एकमत रहेको थियो । प्रधानमन्त्रीले फेरि पनि विज्ञसँग परामर्श बैठक बोलाउने बचन दिनुभएको एक सहभागिले बताएकाछन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार  ९ : ४५ बजे

निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्री अर्यालको आह्वान

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण

कांग्रेसको बिस्तृत प्रतिज्ञा पत्रमा के के छन् ? (पूर्णपाठ)

काठमाडौं । मधेश प्रदेशको राजधानी जनकपुरमा सक्षिप्त प्रतिज्ञापत्र सार्वजकि गरेको

गार्गी एकेडेमीमा किड्स फेस्टिभल २०८२ सम्पन्न

बुटवल । बुटवलको देवीनगरस्थित गार्गी एकेडेमीले आफ्नो १६ औँ स्थापना

मतदातालाई विष्णु पौडेलको हस्तलिखित पत्र : विकास-समृद्धिलाई तीव्रता दिने प्रतिवद्धता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नं.

सांसदको काम भनेको नीति बनाउने हो, विकासको नाममा आश्वासन बाँड्ने होइन : उम्मेदवार कोइराला

नेपालगन्ज । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली