१८ आश्विन २०७९, मंगलबार | October 4, 2022

न्याय मरेको समाजमा जातीय हिंसाका तीन दृष्टान्त



कसै कसैलाई त लाग्छ देशमा केही गर्न नसकेर परदेशतिर भासिएका भगौडाले क्या गफ दिन्छन् भनेर । मलाई ति मित्रहरुप्रति निशब्दताका साथ अझै केही बोलुँ भन्ने लाग्छ । हुन त पछिल्लो पुस्तालाई अध्ययन विनाका प्रतिक्रियावादीका रुपमा सामाजिक सञ्जालमा घरिघरि टिप्पणी पनि गरिन्छ ।

यद्यपी २०७३ सालको कुरा हो । मैले फेसबुकमै भेटेको थिएँ । अजितको शवले ४ वर्षदेखि नेपालको कानुन र यहाँका घृणित मानसिकतालाई गिज्याइरहेछ

काभ्रेका एक युवा अन्तरजातीय विवाहका कारण धादिङमा आएर पासो लगाइ आत्महत्या गरे भन्ने खबर । त्यो मृत शरीरको तस्विर देखेपछि मलाई यहाँ पनि अराजकता भएछ भन्ने कुरामा शंका काट्न कत्ति पनि असहज भएन । पछि थाहा भयो त्यो घटनाका मृतक काभ्रेका अजित मिजारको रहेछ । उनले काभ्रेको ज्याम्दीकी १७ वर्षीय कमला पराजुलीसँग प्रेम विवाह गरेका पाँचखालका १८ वर्षीय अजित गत असार २९ गते घरबाट हराएका थिए । त्यसको एक दिनपछि धादिङको गजुरीमा उनको शव फेला पर्यो ।

मलाई कौतुहुलता लाग्यो काभ्रेको मान्छे कसरी धादिङ आएर यस्तो गर्यो । तर कुरा त यस्तो रहेछ ।

दैनिक नेपाल र अनलाइन खबरमा २०७३ साल असारमा प्रकाशित भएका विभिन्न समाचार अनुसार कक्षा १२ मा अध्ययनरत अजित २०७३ साल असार २५ गते उनले प्रेम विवाह गरे कमला पराजुलीसँग । २ दिन जति भागेर चितवन दिदीकोमा बसे तेस्रो दिन थियो । कमलाको माइतीबाट फोन आयो र उनीहरु पाँचखाल प्रहरी समक्षा उपस्थित भए । प्रहरी र कमलाका माइतीको दवदवावमा बालविवाहको डरधम्कीका साथ कमलालाई उनको गलाबाट तिलहरी फुकालेर अजितलाई फिर्ता गराइयो । त्यसको अर्को दिन २९ गते अजित घरबाट हराए जताततै घरपरिवारले खोजी गर्न थाल्यो । एक दुई दिनमा अजितको शव धादिङमा भेटियो त्यसपछि इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव निरीक्षक प्रकाश लिम्बुको टोलीले गजुरीकै स्थानीयलाई साक्षी राखेर मुचुल्का गरी प्राथमिक स्वास्थ्य चौकी गजुरीमा उनीहरुको भाषामा पोष्टमार्टम नै नगरी दरौंदी खोलामा गाडि दिए ।

नेपालको इतिहासमा आजसम्म कुनै त्यस्तो व्यक्तिलाई कानुनी सजाय दिन असफल छन् जसले समाजमा जातीय हिंसा गर्यो । बरु मिलापत्र राहत प्रदान आदिका नाममा यस्ता जघन्य अपराध टुङ्गिएका छन् । हो त्यसैको उपज हो । काभ्रेका अजित हत्याकाण्ड अनि रुकुम जाजरकोट हत्याकाण्ड र अंगिरा पासीको आत्महत्याकाण्ड ।

पोष्टमार्टम गरेर गाडिएको भनिएको शव मृत अजितका आफन्तको रोहवरमा डोजरले खोलाबाट उत्खनन् भयो । साउन २ गते बेलुकातिर अजितको शवलाई टिचिंङ अस्पतालमा पोष्टमार्टमका लागि राखियो । तर निकै एक पटक पोष्टमार्टम गरिसकेकोले फेरी पोष्टमार्टम गर्न नपाइने रिर्पोट दिएर अजितका आफन्तलाई फिर्ता पठायो । जुन झुट ठहर भैसकेको थियो । उत्खनन गरिएको अजितको शवको प्रकृति हेर्दा पोष्टमार्टम नै नगरेको कुरा सामान्य मान्छेले पनि थाहा पाउथ्यो । त्यसपछि राष्टिय दलित आयोगले गृह मन्त्रालयमा गएर दबाब दिएपछि पुनः पोष्टमार्टमका लागि अनुमति दिइयो र साउन ५ गते शव ल्याएको तीन दिनपछि पोष्टमार्टम गर्ने प्रकृया भयो । प्रहरीले आत्महत्या गरेको भन्ने कुरा झुट सावित भयो ।

यसरी निर्ममतापूर्ण भएको घटना पछि संसद भवनमा समेत चर्काचर्की रुपमा उठाउन भयो । राष्ट्रिय दलित आयोग लगायतका थुप्रै संघ संस्थालाई एकै छिन खुब खुराक बन्यो तर यस घटनाले नत उचित छानिविनको निचोड पायो न त पीडितले न्याय पाए । यति मात्र कहाँ हो र न त परिवारले लाश बुझे ।

यो अन्तरजातीय विवाहले घटेको यो घटना आज २०७७ साल जेठ अर्थात करिव ४ वर्षसम्म पनि न त पीडितले न्याय पाए न त अधिकारकर्मीले यसको टुङ्गो लगाउन सके ।

अंगिराको शवले आजको जातीय हिंसा र कुसंस्कारको समाजलाई यसरी थुक्यो ।
बुटवलको समाचार यही जेठको १३ गते नागरिक दैनिकमा प्रकाशित समाजले केटाको जिम्मा लगाएको केही घन्टामै किशोरीको शव शिर्षकको समाचार प्रकाशित भयो । जसलाई बुटवलबाट मित्र विनोद परियारले लेख्नुभएको थियो । उक्त समाचारका अनुसार रुपन्देही देवदहमा जेठ ९ गते शुक्रबार साँझ १३ वर्षीया स्थानीय दलित बालिका अंगिरा पासी घरबाट हराइन । गाउँलेले खोज्दै जाँदा राति ११ बजे उनी नजिकैको खरबारीमा स्थानीय २५ वर्षे वीरेन्द्र भरसँग भेट्टिइन् । विरेन्द्रलाई १३ वर्षीय बालिकालाई फकाएर शारीरिक सम्बन्ध राखेको स्थानीय बासिन्दाहरूको भनाइ अनुसार १४ गते शनिबार गाउँले जम्माभएर वडाध्यक्ष अमरबहादुर चौधरीसहितले ‘बालिकामाथि अन्याय भएको र सजायस्वरूप अब विरेन्द्रले बालिकालाई श्रीमती स्वीकार्नुपर्छ’ भने । गाउँले र स्थानीय निकायका प्रतिनिधिको नेतृत्वले कथित उपल्लो जातका वीरेन्द्रले किशोरीलाई घर त लगे तर तल्लो जातको केटी घर ल्याएको भन्दै केटाका आमा जाई लागिन । त्यसको केही घन्टामै किशोरीको खोला किनारमा शव भेट्टियो ।

४ दिनपछि दलित अधिकारकर्मी र पत्रकारको प्रयासले जेनतेन इलाका प्रहरी कार्यालय बुटोलमा जाहेरीसम्म दर्ता भयो । तर न्याय पाउने आशाबाहेक अरु केही रहेन ।

रुकुम जाजरकोट घटनाले गणतन्त्रवादी पार्टी र नेतृत्वलाई रमिते बनायो
पश्चिम रुकुममा भएको घटना ताजै छ । अंगिरा पासीको घटना भएको केही दिनपछि रुकुममा जाजरकोटका दलित युवाहरुको ज्यान गयो । जसले ह्वात्तै पूर्वदेखि पश्चिम र स्थानीयदेखि केन्द्रमा समेत चर्काचर्की भएको छ ।

२१औं शताब्दीको मानसिकतामा दरार
यी तीन घटनाले मलाई निकै बेचैन बनायो । घटना अनेक भैरहन्छन् समाजमा । कुनैले क्षणिक त कुनैले दीर्घकालीन प्रभाव पारेकै हुन्छन् । तर यो रुकुम जाजरकोट घटनाले सामाजिक सञ्जालका भित्ता भित्ता र प्रत्येक कमेन्ट कमेन्टमा वाद प्रतिवाद भइरहेको छ ।

यो मेरो नीजि विचार हो । तर सामान्यतया जो कसैले घरमा हुर्के बढेकी छोरी चेलीलाई कसैले सरसल्लाह विना अपरिपक्क उमेरमा विहेका लागि लिएर जान खोज्छ भने म एक छोरीको बुवा बनेर सोँच्दा म एक बहिनी दिदीको दाइ भाइ बनेर सोँच्दा र फरक जातको अभिभावक बनेर सोँच्दा कहीँबाट पनि यो मान्य हुँदैन । आफ्नो छोरी चेलीले राम्रो पढोस असल बनोस समाजमा नाम राखोस र आर्थिक भौतिक नैतिक सामाजिक हिसावले सवल वर भेटे कन्यादान गरिदिने हाम्रो नेपाली समाजको संस्कार सपना हो । तर, यसैको नाममा अर्को कसैको हत्या गर्नु गराउनु महापाप हो ।

‘त्यता होइन यता बस त्यहाँ त मैरी छोइन्छ नी ! पैसा र फलफूल यता मुर्तितिर चढाऊ अनि हात थाप त म टिका र फुलपाति दिन्छु ।’ ‘बाबुको के थरी होला ! कोठा त खाली नै थ्यो तर श्रीमानले अरुलाई दिइसक्नु भएछ’ लगायतका व्यवहारले कथित दलित समुदायलाई कथित ब्राह्मणवादले जातीय हिंसा बाहेक केही सिकाएन । समाजमा सिपमुलक मानवलाई जातीय हिंसा सिकाउने बाहेक अरु केही गरिएन ।

हामी मानव हौं । काटे सबैको रातो हुन्छ । कुकुरसम्म भित्र जान्छ हामीलाई किन दैलोसम्म । आज २१औं शताब्दी भनेर भएन । चेतनशील र मानवीयता सुगा भगाउन मकैबारीमा बनाइएको पुत्ला जस्तो छ ।

नेपालको इतिहासमा आजसम्म कुनै त्यस्तो व्यक्तिलाई कानुनी सजाय दिन असफल छन् जसले समाजमा जातीय हिंसा गर्यो । बरु मिलापत्र राहत प्रदान आदिका नाममा यस्ता जघन्य अपराध टुङ्गिएका छन् ।

हो त्यसैको उपज हो काभ्रेका अजित हत्याकाण्ड अनि रुकुम जाजरकोट हत्याकाण्ड र अंगिरा पासी आत्महत्या काण्ड । यदि नेपालको कानुन समाजका ति नेतृत्वले हिँजोका अगुवाले जातीयमात्र नभएर हरेक हिंसाका आरोपीलाई कानुनी कठघरामा उभ्याएर कारवाही गर्न सकेको भए आजको पुस्ताले छुवाछुत जस्तो अमानवीय अपराधका घटनाबाट बारम्बार सामाजिक विचलन झेल्नु पर्दैनथ्यो ।

जसरी काभ्रेका अजित मिजारको निर्मम हत्या भयो र उक्त घटना लुकाउन आरोपीले धादिङको प्रहरी, पाँचथरको प्रहरी र अड्डाअदालका केही वकिललाई प्रभावित गर्न सके त्यसैगरी आरोपितले बारबार फेर्ने बोलीले घटना भएको आज ४ वर्ष पुग्दासम्म त्यो लाश काठमाडौको टिचिङ्गमा फ्याँकिएको छ । परिवारलाई केही राहत रकम थमाएर केस सल्ट्याउन बारम्बार दवाव छ । के यही हो आजको प्रजातन्त्र गणतन्त्र अनि मानवअधिकारको युग । के कमला पराजुली खुशी होलिन् अजितको मृत्यु पछि, जसले यो समाजमा जे आउला सहौंला व्यहोरौंला भनेर विवाह जस्तो दुरागामी निर्णय गरे ।

अजित मिजारको घटनामा सत्य तथ्य छानविन र न्यायको ढोका खुलेको भए आजको यो सामाजिक सञ्जालमा मानवीयता विचलन हुन्थेन । आजको पुस्ता हिजोको इतिहास नहेरी बहसमा उत्रिरहेको छ । जसले गर्दा सामाजिक वैमानस्यता बढ्दो छ । यसको दोष बेलैमा कानुनले न्याय नदिनु नै हो ।

त्यसैगरी रुपन्देही देवदहकी अंगिरा पासीको घटना घट्यो । मृतक अंगिरा पासीले आफु दलित र तल्लो तहको भन्ने कुरा तब थाहा पाइन र आफुलाई यो समाजमा थुइक्क भन्ने लाग्यो । आज पासीको मृतआत्माले के सोच्यो होला । यो संसारमा मान्छे भएर त्यो पनि एउटा गरिब र दलित समाजमा जन्म लिएर खुव धिक्कार्यो होला ।

यता पछिल्लो समय रुकुम घटनाले स्वरुप फेर्दैछ । देशको कुना कुनामा जातीय हिंसाका विरुद्ध खुब चर्का चर्का नारा लगाइएका छन् । कथित बुज्रुकहरु यो जातीय हिंसाका विषयमा चुइक्क बोलेनन् ।

जातीय विभेदमा आर्थिक हैसियको अदृश्य शक्ति
यो समाजमा जातीय मात्र होइन वर्गीय खाडल पनि ठुलै छ । यदि ति मृत अजित मिजार र नवराज विकको आर्थिकस्तर पनि अलि हुनेखानेको जस्तो हुँदो हो त कुरा अर्कै हुन्थ्यो होला । पञ्चैबाजा बजाएर आँगन पोलर विहे नै हुन्थ्यो होला । त्यसका लागि पनि जातीय हिंसाको निकै दुःखद कटुसत्य कुरा छ । आजको दिनमा कतिपय ब्राह्मण क्षेत्री मित्रहरुलाई खुब पिरलो छ आरक्षणको । आरक्षणका खातिर अदृश्य लडाईं पनि भयो नेपालमा, बाहुन क्षेत्री पनि नेपालका आदिवासी हुन् राज्यले घोषणा गर्नुपर्छ भनेर । मानिसको सोचमा तथाकथित ब्राह्णवादले समाजमा अझै पनि विभेद गरिरहेको छ । र यही विभेदको परिणाम रुकुम हत्याकाण्डहरु बारम्बार दोहोरिरहेका छन् ।

जबसम्म दिमागको यो घृणित सोँच बद्लिन्न तबसम्म समाजको मानसिकता सायद बदलिन्न । तर दलित समुदाय आशावादी छ । अस्तिको बाजेका पालमा भन्दा हिजोका बाबुका पालमा अलि सुधार छ । बाबुका बाउका पालमा भन्दा आज तपाईं हाम्रो पालामा तै विसेक छ । अपेक्षारत छ यो समुदाय भोलिको सन्ततिका पालासम्म अझ सुधार होला । यसो भन्दैमा यो समुदाय आफ्नो अभियान छोडेर बस्यो भने पक्कै समाजमा पुन कुसंस्कार बढेर जानेछ । त्यसैले समुदायले समाजमा खबरदारी गरिरहनु पर्छ ।

(यसमा व्यक्त विचारले लेखकका नीजि विचार हुन् )

 

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  १० : ३२ बजे

नवरात्रको अन्तिम दिन : शक्तिपीठमा लाखौँ भक्तजन

काठमाडौं । नवरात्र अर्थात् बडादसैँको नवौँ दिन देशभरका देवी मन्दिरमा

Dhulikhel Municipality submits SDGs report to UN

DHULIKHEL: Dhulikhel Municipality has submitted the Sustainable Development Goals Report,

घाँटीमा मासुको हड्डी अड्किएर लमजुङमा एक जनाको मृत्यु

लमजुङ । मासु खाँदा घाँटीमा हड्डी अड्किएर लमजुङमा एक जनाको

मौलिकता खस्किँदै जान थालेको सखिया नृत्य

कञ्चनपुर । दशैँका अवसरमा देखाइने सखिया नृत्यको मौलिकता खस्किँदै जान

मन्दिर दर्शन गर्न सवारी बोकेर जाँदै गरेको जीप पाल्पामा दुर्घटना

बुटवल । पाल्पाको रैनादेबी छहरामा जीप दुर्घटना हुँदा ४ जना