५ पुस २०८२, शनिबार | December 20, 2025

पश्चिमाञ्चल यातायात व्यवसायी समितिद्धारा व्यवसायीलाई ५२ लाख राहात सहयोग



बुटवल । कोभिड १९ को महामारीका कारण यातायात क्षेत्रको व्यवसाय धरासायी भएको ठहर सहित आफना व्यवसायीलाई राहात स्वरुप पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलले ५२ लाख सहयोग गरेको छ ।

विभिन्न संघ संस्थाहरुले व्यवसायी तथा सदस्यहरुलाई खाद्यान्न लगायतका सामग्री राहात स्वरुप प्रदान गरेकोमा पश्चिमाञ्चल यातायात व्यवसायी समितिले आफना सदस्य व्यवसायीहरुलाई एक महिनाको दूर्घटना वीमा वाफत लिने रकम छुट गरि दिएको छ ।

समितिले मासिक रुपमा दूर्घटना वाफत प्रति ट्रक २ हजार ५ सय रुपैयाँ लिने गरेकोमा कोभिड १९ को महामारीका कारण यातायात क्षेत्र समस्यामा परेको भन्दै एक महिनाको रकम समितिले आफै तिरिदिएको अध्यक्ष यमप्रसाद पाण्डेले बताउनुभयो ।

समितिमा आवद्ध नियमित रुपमा मासिक दूर्घटना शुल्क बुझाउने २ हजार ८० गाडीको एक महिनाको रकम ५२ लाख समितिले बुझाईदिएको कोषाध्यक्ष हरि रिमालले बताउनुभयो ।

लकडाउनले पारेको समस्यामा एक महिनाको २५ सय रुपैयाँ बुभाउन नपरेपछि यातयात व्यवसायीलाई केही राहात महशुष भएको महासचिव जीत बहादुर भाटले बताउनुभयो ।

समितिले मासिक रुपमा दूर्घटना हेर्ने गरि सदस्य व्यवसायीवाट प्रति ट्रक हरेक महिना २५ सय रुपैयाँ उठाएर व्यवसायीको सवारी साधन दूर्घटनामा परेमा वा कोही अन्य सवारी साधन तथा मानिस पशुपन्क्षी लगायतलाई ठक्कर दिएमा समितिले खर्च व्यहोरने गरि क्षतिपूर्ति एवम उपचार र मर्मत गराईदिन गदै आएको वरिष्ठ उपाध्यक्ष प्रताव बहादुर कार्कीले बताउनुभयो ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  १२ : २७ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता