१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

पश्चिमाञ्चल यातायात व्यवसायी समितिद्धारा व्यवसायीलाई ५२ लाख राहात सहयोग



बुटवल । कोभिड १९ को महामारीका कारण यातायात क्षेत्रको व्यवसाय धरासायी भएको ठहर सहित आफना व्यवसायीलाई राहात स्वरुप पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलले ५२ लाख सहयोग गरेको छ ।

विभिन्न संघ संस्थाहरुले व्यवसायी तथा सदस्यहरुलाई खाद्यान्न लगायतका सामग्री राहात स्वरुप प्रदान गरेकोमा पश्चिमाञ्चल यातायात व्यवसायी समितिले आफना सदस्य व्यवसायीहरुलाई एक महिनाको दूर्घटना वीमा वाफत लिने रकम छुट गरि दिएको छ ।

समितिले मासिक रुपमा दूर्घटना वाफत प्रति ट्रक २ हजार ५ सय रुपैयाँ लिने गरेकोमा कोभिड १९ को महामारीका कारण यातायात क्षेत्र समस्यामा परेको भन्दै एक महिनाको रकम समितिले आफै तिरिदिएको अध्यक्ष यमप्रसाद पाण्डेले बताउनुभयो ।

समितिमा आवद्ध नियमित रुपमा मासिक दूर्घटना शुल्क बुझाउने २ हजार ८० गाडीको एक महिनाको रकम ५२ लाख समितिले बुझाईदिएको कोषाध्यक्ष हरि रिमालले बताउनुभयो ।

लकडाउनले पारेको समस्यामा एक महिनाको २५ सय रुपैयाँ बुभाउन नपरेपछि यातयात व्यवसायीलाई केही राहात महशुष भएको महासचिव जीत बहादुर भाटले बताउनुभयो ।

समितिले मासिक रुपमा दूर्घटना हेर्ने गरि सदस्य व्यवसायीवाट प्रति ट्रक हरेक महिना २५ सय रुपैयाँ उठाएर व्यवसायीको सवारी साधन दूर्घटनामा परेमा वा कोही अन्य सवारी साधन तथा मानिस पशुपन्क्षी लगायतलाई ठक्कर दिएमा समितिले खर्च व्यहोरने गरि क्षतिपूर्ति एवम उपचार र मर्मत गराईदिन गदै आएको वरिष्ठ उपाध्यक्ष प्रताव बहादुर कार्कीले बताउनुभयो ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  १२ : २७ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’