२० मंसिर २०८२, शनिबार | December 6, 2025

पूर्व राज्यमन्त्री गुल्जारीद्धारा सीमामा अलपत्र भारतीय नागरिक तथा नेपाल प्रवेश गरिरहेकालाई खाना खुवाउने कार्य थालनी



भैरहवा । सीमा क्षेत्रमा अलपत्र भारतीय नागरिक तथा भारतबाट नेपाल प्रवेश गरिरहेका नेपाली नागरिकलाई पूर्व कृषि तथा सहकारी राज्यमन्त्री ओमप्रकाश यादव (गुल्जारी)ले खाना खुवाउने कार्यको थालनी गर्नुभएको छ ।

लकडाउनका कारण सीमा क्षेत्रमा अलपत्र परेर भारत जान नसकेको भारतीय र नेपाल प्रवेश गरिरहेका नेपाली नागरिकलाई लकडाउन अवधिसम्म खाना खुवाउने गुल्जारीले बताउनुभयो ।

“खाना खुवाउने उद्देश्य भनेकै कुनै पनि नागरिक भोकै नरहुन भन्ने हो, यसको अरु कुनै उद्देश्य छैन, मानवताको नाताले नागरिकको सेवा गर्नु नै अहिलेको आवश्यकता हो, उहाले भन्नुभयो ।”

खाना खुवाउने अभियानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिद्धार्थनगर वडा नम्बर १ कमिटीले पनि सहयोग गरिरहेको छ । “पूर्व कृषि राज्यमन्त्रीको राम्रो काममा पार्टीको स्थानीय कमिटीले सहयोग गरेको छ, नेकपा सिद्धार्थनगर वडा नम्बर १ कमिटीका अध्यक्ष रमेश पोखरेलले भन्नुभयो ।” बुधबार मात्रै १ हजार जनालाई खाना खुवाइएको पोखरेलले जानकारी दिनुभयो ।

नेकपा प्रदेश ५ कमिटी सदस्य समेत रहेका नेता गुल्जारीले यस अघि विपन्न परिवारलाई राहत समेत वितरण गर्नुभएको थियो ।

नेता गुल्जारीको अग्रसरता तथा स्थानीय सिद्धार्थनगर वडा नम्बर १ पार्टी कमिटीको सहयोगमा अलपत्र नागरिकहरुलाई खाना खुवाउने कार्य भइरहेको नेकपा रुपन्देहीका सचिवालय सदस्य तथा सिद्धार्थनगर कमिटी अध्यक्ष चोपलाल आचार्यले बताउनुभयो ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  १२ : ३६ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले