२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

पूर्व राज्यमन्त्री गुल्जारीद्धारा सीमामा अलपत्र भारतीय नागरिक तथा नेपाल प्रवेश गरिरहेकालाई खाना खुवाउने कार्य थालनी



भैरहवा । सीमा क्षेत्रमा अलपत्र भारतीय नागरिक तथा भारतबाट नेपाल प्रवेश गरिरहेका नेपाली नागरिकलाई पूर्व कृषि तथा सहकारी राज्यमन्त्री ओमप्रकाश यादव (गुल्जारी)ले खाना खुवाउने कार्यको थालनी गर्नुभएको छ ।

लकडाउनका कारण सीमा क्षेत्रमा अलपत्र परेर भारत जान नसकेको भारतीय र नेपाल प्रवेश गरिरहेका नेपाली नागरिकलाई लकडाउन अवधिसम्म खाना खुवाउने गुल्जारीले बताउनुभयो ।

“खाना खुवाउने उद्देश्य भनेकै कुनै पनि नागरिक भोकै नरहुन भन्ने हो, यसको अरु कुनै उद्देश्य छैन, मानवताको नाताले नागरिकको सेवा गर्नु नै अहिलेको आवश्यकता हो, उहाले भन्नुभयो ।”

खाना खुवाउने अभियानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिद्धार्थनगर वडा नम्बर १ कमिटीले पनि सहयोग गरिरहेको छ । “पूर्व कृषि राज्यमन्त्रीको राम्रो काममा पार्टीको स्थानीय कमिटीले सहयोग गरेको छ, नेकपा सिद्धार्थनगर वडा नम्बर १ कमिटीका अध्यक्ष रमेश पोखरेलले भन्नुभयो ।” बुधबार मात्रै १ हजार जनालाई खाना खुवाइएको पोखरेलले जानकारी दिनुभयो ।

नेकपा प्रदेश ५ कमिटी सदस्य समेत रहेका नेता गुल्जारीले यस अघि विपन्न परिवारलाई राहत समेत वितरण गर्नुभएको थियो ।

नेता गुल्जारीको अग्रसरता तथा स्थानीय सिद्धार्थनगर वडा नम्बर १ पार्टी कमिटीको सहयोगमा अलपत्र नागरिकहरुलाई खाना खुवाउने कार्य भइरहेको नेकपा रुपन्देहीका सचिवालय सदस्य तथा सिद्धार्थनगर कमिटी अध्यक्ष चोपलाल आचार्यले बताउनुभयो ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  १२ : ३६ बजे

राष्ट्रियसभा बैठक आज, गृहमन्त्री गुरुङले मौखिक प्रश्नको उत्तर दिने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे

नारायणगढ-बुटवल सडक विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

चितवन । निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै

मनसुन सक्रिय : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर

प्रमुख जिल्ला अधिकारी तामाङबाट क्यान्सर अस्पतालको अनुगमन निरीक्षण

नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङले खजुरा स्थित