४ पुस २०८२, शुक्रबार | December 19, 2025

पाकिस्तानी सेनाको चेतावनी,– नेपालसँग विवाद गर्ने भारतले पाकिस्तानमा आक्रमण गरे सखाफ पार्छौं



पाकिस्तानको सेनाले चीन र नेपालसँग बढेको सीमा विवादबाट ध्यान भड्काउन भारतले पाकिस्तानमाथि आक्रमण गरे कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ ।

पाकिस्तानको जियो टेलिभिजनलाई अन्तर्वार्ता दिँदै पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल बाबर इफ्तिकारले छिमेकीसँगको सम्बन्धमा अक्षमता ढाकछोप गर्न पाकिस्तानमाथि आक्रमण गरे भारत विरुद्ध कडा प्रतिरोध गर्ने चेतावनी दिएका हुन् । प्रवक्ता इफ्तिकारले कुनै पनि कुनै पनि प्रकारको सैन्य दुस्साहस गरेमा उसले अनियन्त्रित परिणाम भोग्नुपर्ने चेतावनी दिए ।

उनले चीन र नेपालसँगको विवाद तथा विभिन्न क्षेत्रमा भएको असफलताको दोष भारतले पाकिस्तानलाई लगाउन थालेको आरोप लगाए । उनले भने, ‘चीन र नेपालसँगको सीमा मुद्दा, कोरोना भाइरसको अव्यवस्था र घट्दो आर्थिक अवस्थालगायतका कयौँ मोर्चामा आफ्नो असफलता लुकाउनका लागि भारतले यस्तो गर्छ ।’

पाकिस्तानविरुद्ध कुनै पनि कदम चालेमा पाकिस्तानले सबै शक्तिको प्रयोग गरेर जवाफ दिने उनले प्रवक्ता इफ्तिकारले चेतावनी दिए । ‘यसमा कुनै शंका छैन, हामी सबै हिसाबले तयारी छौँ । हामी तयार छौँ र पुरै क्षमतामा जवाफ दिनेछौँ ’, उनले भने । इफ्तिकारले कास्मिरमा भारतले मानव अधिकारको गम्भीर उलंघन गरेको समेत आरोप लगाए ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  ३ : ०० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको