२४ श्रावण २०८३, आइतबार | August 9, 2026

कास्मिरको समर्थनमा पाकिस्तानी दूतावासद्वारा ‘युम–ए–इस्तेहसल’ कार्यक्रम आयोजना



काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासले ‘युम–ए–इस्तेहसलः कश्मीरमा प्रतिरोधको भावनाको सम्मान’ विषयक अन्तक्र्रिया कार्यक्रम गरेको छ ।

५ अगस्ट २०१९ मा भारतले आफ्नो संविधानको धारा ३७० समाप्त गरेको विरोधमा पाकिस्तानले कास्मिरको समर्थनमा हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ ।

पत्रकार, लेखक र विश्लेषकहरू, मानव अधिकारकर्मीहरू समेत सहभागी कार्यक्रममा पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश पढेर सुनाइएको थियो ।

आफ्नो सन्देशमा पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले ५ अगस्ट २०१९ देखि कास्मिरमा भारतले जनसांख्यिकीय संरचना र राजनीतिक परिवर्तनका लागि निरन्तर अभियान चलाएको आरोप लगाएका छन् । पाकिस्तानका अनुसार भारतले जम्मु कास्मिरलाई कब्जा गरेर संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरेको छ । राष्ट्रपति जर्दारीले पाकिस्तानले कास्मिरका जनताको विद्रोहलाई नैतिक, कूटनीतिक समर्थन जारी राख्ने प्रतिवद्धता पनि जनाएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री मियाँ मुहम्मद शाहबाज सरिफले आफ्नो सन्देशमा भारतले विश्वलाई जम्मु कास्मिर भारतको अभिन्न अंग हो भनी विश्वस्त गराउन खोजेको पनि अन्तर्राष्ट्रिय कानुन, ऐतिहासिक तथ्य, नैतिक सिद्धान्त र जमिनी अवस्थाले भारतको दाबीलाई अस्वीकार गरेको जनाएका छन् ।

आफ्नो सन्देशमा उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक दारले भारतले कश्मीरी जनताको मौलिक अधिकारलाई मात्र नभई राष्ट्रसंघको प्रस्तावलाई पनि अस्वीकार गरिरहेको आरोप लगाएका छन् ।

कार्यक्रममा राजदूत अबरार एच हाश्मीले कास्मिरी जनताको न्यायोचित उद्देश्य प्राप्तिका लागि विश्वको सहयोगको आवश्यकतामा जोड दिए
उनले भारतीय विधायिका र अदालतको कारबाहीले जम्मूकास्मिरको विवादित प्रकृतिको अवस्थालाई परिवर्तन गर्न नसक्ने जिकिर गरे । कार्यक्रममा सहभागीहरुले पनि विश्व समुदायलाई अधिकृत कश्मीरको साथमा उभिन आग्रह गरेका थिए ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  १० : ०५ बजे

बढ्दै ग्यासको आयात, बिस्तारै हट्दै अभाव

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा पछिल्ला केही दिनयता

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह गोरुसिंगे जंगलमा मृत फेला

बुटवल । तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा

सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पहिलोपटक प्रतितोला ३ लाख

विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको संविधानले विविधतामा एकतालाई आत्मसात्

तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार