५ पुस २०८२, शनिबार | December 20, 2025

पसल खोल्न दिन काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रशासन सकारात्मक



काठमाडौं । लकडाउनकै बीचमा उपत्यकाका व्यवसायीहरुले एकतर्फी व्यापार व्यवसाय संचालन गर्न थालेपछि काठमाडौ उपत्यकाका प्रमुख जिल्ला अधिकारीले व्यवसायीका प्रतिनिधिहरुसँग छलफल गरेका छन् ।

सरकारको निर्देशन अवज्ञा गर्दै धमाधम बजार पसल खुल्न थालेपछि बिहीबार काठमाडौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले विहिबार व्यापारीहरुसंग संयुक्त छलफल गरेका हुन् ।

जिल्ला समन्वय समिति काठमाडौंमा विहिबार भएको संयुक्त छलफलले सामाजिक दुरी सहितको स्वास्थ्य सर्तकता कायम गरी बजार पसल सञ्चालन गर्ने गरी लकडाउनलाई पालना गर्ने सम्बन्धमा सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । सरकारले जेठ ३२ सम्मका लागि सरकारले लकडाउन लम्ब्याएको छ ।

जिल्ला समन्वय समिति काठमाडांैका प्रमुख जनकराज दाहालले छलफलले व्यापारीहरुबाट प्राप्त सुझावका आधारमा व्यवसाय सञ्चालनका लागि विभिन्न मोडल तयार पार्दे सो मोडलमा व्यवसाय सञ्चालन गर्न लकडाउन खुकुलो बनाउनुपर्ने निष्कर्ष निकालेको बताउनुभयो । साथै छलफलको निष्कर्ष सहित व्यवसाय सञ्चालनका लागि आवश्यक निर्देशिका तयार गरि लागु गर्न कोभिड १९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई सिफारिको रुपमा पठाईने बताउनुभयो ।

छलफलमा व्यवसायीहरुले बिहान ११ बजेदेखि सांझ साढे ५ बजे सम्म उद्योग तथा बजार पसल संञ्चालनको वातावरण मिलाउन सुझाव दिएका थिए । उनीहरुले दिन विराएर पालैपालो सबै किसिमको उद्योग व्यवसाय र पसल सञ्चालनको व्यवस्था मिलाउन सुझाव दिएका छन् ।
शिक्षण संस्थान, धार्मिक स्थल, सिनेमा हल, जिमखाना, खेलकुद लगायत क्षेत्र बाहेक अत्यावश्यक सामान, मल,कृषि, कुरियर, सरकारी कार्यालय, निजी संघ संस्था, उद्योग, निर्माण सम्बन्धी कामको साथै सामाजिक दुरी सहितको सिट व्यवस्थापन गरी जिल्लाभित्र आन्तरिक रुपमा सार्वजनिक यातायातको साधन सञ्चालन गर्ने व्यवस्था मिलाउन व्यवसायीले जोड दिएका छन् ।

लामो समयको लकडाउनले स्वास्थ्य चेतना र सर्तकताबारे व्यापक चेतना वृद्धि गरेकाले जीवनरक्षा मात्रै नभई जीवन यापनका लागि अर्थतन्त्रलाई चलायमान बनाउन सबै किसिमका व्यवसायलाई व्यवस्थित ढंगले संञ्चालनको प्रबन्ध गरिनुपर्ने बताउनुभयो ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघको आव्हानमा विहिबार बिहान ११ बजेसम्म राजधानीका सबै प्रकारका पसल खुलेका छन्

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  ४ : १२ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य