२० भदौ २०८३, शनिबार | September 5, 2026

पिसिआर रिपोर्ट नआउँदा छोराले बाबुको किरिया गर्न पाएनन्



सल्यान । सल्यान जिल्लामा स्वाब सङ्कलन गरेको नौ दिन बितिसक्दा पनि पिसिआर रिपोर्ट नआएपछि एक छोराले आफ्ना बाबुको किरिया गर्न घर जान वञ्चित हुनुपरेको छ ।

बनगाड कुपिण्डे नपा वडा नं ६ डुरखोलाका यादव विक र नोखराज विकले घरमा बुवाको मृत्यु हुँदा पनि रिपोर्ट नआएपछि घर जान पाउनुभएको छैन ।

नगरपालिकाले प्रभावकर मावि देवस्थलको क्वारेन्टिनमा रहेका ३९३ जनाको जेठ १३ गते स्वाब सङ्कलन गरी सुर्खेत पठाइएकामा अहिलेसम्म रिपोर्ट नआउँदा बुवाको काजकिरिया गर्न नपाएको यादवले जानकारी दिनुभयो । “घरमा बुवाको मृत्यु भएको छ, किरिया बस्ने हामी दुवै छोरा यही छौँ, रिपोर्ट नआएर जान मिल्दैन भन्छन् रिपोर्ट आउने पनि थाहा छैन”, उहाँले भन्नुभयो ।

रिपोर्ट ढिला आउँदा क्वारेन्टिनमा अन्य समस्यासमेत थपिँदै जानथालेको नगरपालिकाका स्वास्थ्य प्रमुख वासुदेव पोखरेलले जानकारी दिनुभयो । “नगरभित्रका क्वारेन्टिनमा रहेका ७११ जनाको स्वाब सङ्कलन गरी पठाइएकामा १५८ जनाको रिपोर्ट आएको छ जसमा ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ, अझै ५५३ जनाको रिपोर्ट नआउँदासम्म अन्योल छ”, पोखरेलले भन्नुभयो ।

यसैबीच गत शनिबार कोरोना सङ्क्रमण पुष्टि भएका १७ जना अहिलेसम्म पनि प्रभाकर मावि र बनगाड क्याम्पसमा रहेको क्वारेन्टिनको बरण्डामा बस्न बाध्य भएका छन् । सँगै सङ्क्रमित भएका १२ जनालाई सल्यान अस्पतालको अइसोलेशनमा शनिबार भर्ना गरिएको भए पनि बाँकीलाई श्यया अभाव भएको भन्दै क्वारेन्टिनको बरण्डामा राखिएको हो ।

सङ्क्रमित र क्वारेन्टिनमा रहेका व्यक्तिले प्रयोग गर्ने शौचालय एउटै भएका कारण आफूहरुलाई समेत अप्ठेरो भएको एक सङ्क्रमितको भनाइ छ । “यहाँ शौचालयदेखि खानेपानीको धारासमेत एउटै छ, अरुले धारा नछोउ भनेर हेपेर बोल्छन्, हामीबाट अरुलाई कोरोना सङ्क्रमण नहोस् भनेर हामी आफैँ बरण्डामा सुत्ने र बस्ने गरेका छौँ”, उहाँले भन्नुभयो । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले पहल भइरहेको जानकारी दिनुभयो । आफूले रिपोर्ट तथा व्यवस्थापनका लागि दैनिक पहल गरिरहेको बताउनुभयो ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  ५ : ४१ बजे

यी हुन् रसुवा बाढीमा हराएका चितवनका ११ जना

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम

भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगन्जका अनलाल

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-२० थपुवा निवासी अनलाल रोकाय रसुवाको भोटेकोशी

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ । कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका १

भगवती जात्राले राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पहिचान बलियो बनाएको छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रणउजीरेश्वरी