२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

भारत यूपीका मुख्यमन्त्री योगी आदित्यनाथबाट नेपाली स्वाभिमानमाथि धम्कीपूर्ण प्रहार, ‘…अन्यथा गम्भीर परिणाम भोग्नुपर्नेछ’



काठमाडौं । नेपाल विरुद्ध बारम्बार भड्काउपूर्ण अभिव्यक्ति दिने भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले फेरि एकपटक नेपाल र नेपालीको स्वाभिमानमाथि प्रहार गरेका छन् ।

भारतको एक टेलिभिजन न्यूज सर्भिसलाई गत बुधबार दिएको अन्तर्वार्तामा नेपालसँग सीमा जोडिएको उत्तरप्रदेशका मुख्यमन्त्री योगीले नेपालले आफ्नो सीमा निर्धारण गर्दा भविष्यको ख्याल गरोस, अन्यथा गम्भीर परिणाम भोग्नुपर्ने जस्तो चेतावनीपूर्ण अभिव्यक्ति दिएका हुन् ।

योगी आदित्यनाथले भनेका छन्, ‘नेपाल र भारत दुई देश भए पनि हाम्रो आत्मा एउटै हो । नेपालले तिब्बतको भविष्य के भएको हो भन्ने विचार गर्नुपर्छ । उसले तिब्बतको जस्तो गल्ती गर्नुहुँदैन,’

भारतका अतिउग्र हिन्दु कट्टरपन्थी एवं उग्र दक्षिणपन्थी शासकहरुबाट नेपाल विरुद्ध लगातार आइरहेका अभिव्यक्ति हेर्दा अब यस्तो देखिन थालेको छ, कि ‘नरेन्द्र मोदी–२ इनिङ’को मोदी डक्ट्रिन छिमेकीसँगको सीमा अतिक्रमण हो ।

योगी आदित्यनाथ नेपालमा समेत क्रियाशील विश्व हिन्दु महासंघका अन्तराष्ट्रिय उपाध्यक्ष हुन् । आदित्यनाथले विगतमा तिब्बतले के गल्ती गरेको थियो भन्ने स्मरण गराउन खोजेर नेपाललाई भारतले समेत तिब्बत जस्तै बनाउन सक्ने लाक्षणिक अभिव्यक्ति दिएका छन् । उनले भनेका छन्, ‘नेपालले आफ्नो देशको राजनीतिक सीमा निर्धारण गर्नुभन्दाअघि त्यसबाट उत्पन्न हुने परिणामका बारेमा पनि सोच्नुपर्छ । विगतमा तिब्बतमा के भएको थियो, तिब्बतले के गल्ती गरेको थियो भन्ने पनि नेपालीले सम्झिनुपर्छ ।’

भारतले नेपालको सीमा अतिक्रमणलाई वैधानिक बनाउन नयाँ नक्शा जारी गरेको केही समयभित्रै नेपाली भूमिभित्रैबाट रणनीतिक महत्वको लिपुलेक ट्रयाक सडक उद्घाटनको मञ्चन गर्यो । त्यसको केही दिनभित्रै भारत–चीन सीमा लाइन अफ एक्चुअल कन्ट्रोल एलएसी पार गरेर चिनियाँ भूमिभित्र भारतीय सेनाले निर्माणसम्बन्धी काम सुरु गर्यो । तर, चिनियाँ जनमुक्ति सेनाबाट लज्जास्पद लखेटाई व्यहोरेको भारतले कमजोर छिमेकीमाथि धम्कीपूर्ण अभिव्यक्ति र हस्तक्षेपकारी व्यवहारलाई निरन्तराता दिइरहेको छ । कहिले झापा र सर्लाहीमा पहिला आफ्ना नागरक पठाउँदै एसएसबी छिराउने भारतले कहिले ताप्लेजुङको दशगजा क्षेत्र अक्रिमण गरेको छ । कहिले पर्साको ठोरीमा नेपाली सडक भत्काइदिने भारतीय सुरक्षाकर्मीले कञ्चनपुरको सीमा अतिक्रमण गरिहरेको छ ।

नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशका मुख्यमन्त्रीले पछिल्लो पटक दिएको भड्काउपूर्ण अभिव्यक्तिले भारतीय शासकहरु नेपालविरुद्ध पेलेरै जाने नीतिमा रहेको छ ।

यस्तो देखिँदैछ ‘छिमेक प्रथम’ नामको ‘मोदी डक्ट्रिन’ ‘छिमेकसँग सम्बन्ध बिगार्ने’ डक्ट्रिनको रुपमा रुपान्तरित हुँदैछ । प्रधानमन्त्री मोदीका अति निकट एवं भारतीय जनता पार्टी र उसलाई निर्देशित गर्ने हिन्दु कट्टरपन्थी संगठन राष्ट्रिय स्वयं सेवक संघका अति विश्वासप्राप्त योगी आदित्यनाथलाई भोलिको भारतीय प्रधानमन्त्रीको रुपमा कट्टरपन्थीहरुले प्रक्षेपण गर्दैआएका छन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार  ७ : ३४ बजे

उम्मेदवारहरुले धामाधम् मतदान गर्दै, शर्मा, घिसिङ र पोखरेलले गरे मतदान

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मेचीनगर नगरपालिका–९ स्थित

प्रचण्डले गरे चितवनबाट मतदान, मतदानपछि रुकुमपूर्व प्रस्थान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनबाट

रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा मतदान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुच्चेपाटीस्थित

रुपन्देही-२ मा काँग्रेस उम्मेदवार चुन्नले बुटवल ४ बाट गरे मतदान

बुटवल । रुपन्देही-२ का लागि प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार चुन्नप्रसाद

प्रतिनिधिसभा सदस्य निर्वाचन : मतदान सुरु

काठमाडौं । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य