२० आश्विन २०८३, मंगलबार | October 6, 2026

भारतमा एकैदिन ९ हजार ८५१ संक्रमित, २७३ को मृत्यु



भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।

शुक्रबार सार्वजनिक गरिएको तथ्यांक पनि पछिल्लो २४ घण्टामा संक्रमित भएकाहरुको दैनिक संख्या मध्ये अहिलेसम्मकै सवैभन्दा धेरै भएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार भारतमा पछिल्लो २४ घण्टाको अवधिमा ९ हजार ८५१ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । बिहीबार एकै दिनमा भारतमा कोरोना भाइरसका २७३ जना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।

योसँगै देशभरी अहिलेसम्म संक्रमितको संख्या २ लाख २६ हजार ७७० पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।त्यसैगरी कोरोनाभाइरसबाट संक्रमित भएर भारतमा अहिलेसम्म ६ हजार ३४८ जनाको मृत्यु भइसकेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार देशभरी अहिले पनि १ लाख १० हजार ९६० जना सङ्क्रमित अवस्था मै रहेका छन् । त्यसैगरी १ लाख ९ हजार ४६२ जना संक्रमण मुक्त भएर घर फर्किसकेका स्वास्थ्य अधिकारीहरुले बिहीबार बताएका छन् ।

मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म सवैभन्दा धेरै संक्रमितको संख्या महाराष्ट्र राज्यका रहेको छ । महाराष्ट्रमा मात्रै ७७ हजार ७९३ जना सङ्क्रमित भएका छन् । दोस्रो धेरै संक्रमित रहेको तमिलनाडु प्रदेशमा २७ हजार २५६ जना सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । दिल्लीमा २५ हजार ४ जना संक्रमित रहेका छन् ।

भारतमा पछिल्लो समयमा लकडाउनलाई खुकुलो बनाउदै लगिएको र परिक्षणको मात्रा पनि बढाइएकाले संक्रमितहरुको संख्या धेरै देखिदै गएको अधिकारीहरुले बताएका छन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार  ११ : ४६ बजे

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ ९आईपीयू०

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख

कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ता सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमितिका लागि

गोप्य सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदीय हैसियतको दुरुपयोग गर्दै राज्यका

पर्सा प्रहरीद्वारा आईफोनसहित १० लाख बढीको अवैध सामान नियन्त्रणमा

वीरगन्ज । पर्सा प्रहरीले भन्सार छलेर नेपाल भित्र्याउदै गरेको आईफोन