२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

डायलासिस सेवाको आर्थिक सहयोग तत्काल उपलब्ध गराउन राजमोको माग



बुटवल । रुपन्देहीको बुटवलस्थित गौतमबुद्व सामूदायिक मुटु अस्पतालले आगामी असार १ गतेदेखि डायलाइसिस सेवा बन्द गर्ने समाचारप्रति राष्ट्रिय जनमोर्चाले ध्यानआकर्षित भएको बताएको छ ।

डायलाइसिस सेवाका लागि उपलब्ध गराउने आर्थिक सहयोग तत्काल उपलब्ध गराउन राष्ट्रिय जनमोर्चा रुपन्देहीले सरकारसंग माग गरेको छ । सरकारले उपलब्ध गराउने अनुदान रकम रोकिएका कारण सेवा बन्द गर्नुपर्र्नेे स्थिति आउनु दुखद् विषय भएको राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष बद्रे आलम र सचिव टानबहादुर केसीले शुक्रबार विज्ञप्ती जारी दुःख व्यक्त गर्नुभएको छ ।

विगतदेखि अस्पतालले दिंदै आएको निशुल्क डायलासिस सेवा बन्द गर्न नहुने र सेवा बन्द हुनुले सरकार गैर जिम्मेवार बन्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । कुनैपनि बहानामा बिरामीहरु सेवावाट बन्चित हुन नहुने र अस्पतालले पाउनु पर्ने रकम तुरुन्त उपलब्ध गराई सहजरुपमा डायलासिस सेवा सुचारु गर्ने वातावरण सरकारले बनाउनु पर्ने राष्ट्रिय जनमोर्चाको माग छ ।

अस्पताल सञ्चालकहरुलाई सम्बन्धीत पक्षसंग वार्ता वा संवादको माध्यामवाट समस्याको समाधान गर्न विज्ञप्तीमार्फत अनुरोध गरिएको छ । सरकारबाट प्राप्त हुनुपर्ने रकम भुक्तानी नभएको भन्दै गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले मृगौलाका विरामीहरुलाई उपलब्ध गराउंदै आएको डायलाइसिस सेवा बन्द गर्ने बताएको छ ।

डायलासिस जस्तो महत्वपूर्ण सेवालाई आर्थिकको अभावमा रोक्नै नहुने र अझै सहज सेवाका लागि सरकार र अस्पताल गम्भीर बन्न राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष बद्रे आलमले आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार  ८ : २७ बजे

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन