७ जेष्ठ २०८२, बुधबार | May 21, 2025

अमेरिका जान इच्छुक हुनुहन्छ नि ! शनिबार डिभी लोटरीको नतिजा सार्वजनिक हुँदै



काठमाडौं । धेरै नेपालीका लागि सपनाको देश बनेको अमेरिकाको स्थायी बसोबासको अनुमति लागि डिभी लोटरीको नतिजा आज शनिबार अर्थात् सार्वजनिक हुँदैछ ।

गत अक्टोबरमा भरेको डिभी लोटरीको नतिजा आज सार्वजनिक हुन लागेको अमेरिकी दुतावासले जनाएको छ ।

डीभी लोटरीको नतिजा नेपाली समयअनुसार शनिबार राति ०९:४५ बजे प्रकाशन हुने अमेरिकी दूतावासले जनाएको छ ।
आफ्नो कन्फर्मेसन नम्बर प्रयोग गरी https://www.dvlottery.state.gov/ मा नतिजा हेर्न सकिने दूतावासले जानकारी दिएको छ।

यदि, कन्फर्मेसन नम्बर बिर्सनुभएको छ भने पनि Forgot Confirmation Number  मा क्लिक गरी मागेको विवरण दिएर नतिजा हेर्न मिल्ने पनि दूतावासले जानकारी दिएको छ।

यस्तै, अमेरिकामा रहेका नेपालीले भने ९७०३०९८८९३४२८ मा सम्पर्क गरी सोधपुछ गर्न सक्ने दूतावासको सूचनामा उल्लेख छ। डीभीबारे थप सोधपुछ ग्राहक सेवा केन्द्रमा फोन वा इमेलबाट पनि गर्न मिल्नेछ ।

दूतावासले डीभी परेको जानकारीबारे कुनै इमेल नपठाउने तथा भिसा अन्तर्वाताका लागि अग्रिम शुल्क बुझाउन पनि इमेल, चिट्ठी या अन्य अनुरोध नपठाउने दूतावासले जनाएको छ।

सन् २०२१ का लागि गत अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी खुलेको थियो । उक्त डिभी लोटरीको नतिजा मे ५ मा सार्वजनिक हुने तय भएपनि एकमहिना पछाडि सारिएको थियो । कोरोना भाइरसको महामारीका कारण डिभी लोटरीको नतिजा स्थगित गरिएको अमेरिकी विदेशमन्त्रालले जनाएको थियो ।

डिभी लोटरीको नतिजा ढिलो भएपनि आगामी आर्थिक बर्षका लागि अन्तरवार्ता तय हुनमा भने कुनै असर नपर्ने जनाइएको छ । सन् २०२१ का लागि डिभी पारेकाहरुको अन्तरवार्ता आगामी अक्टोबर १ देखि सुरु हुनेछ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ७ : ३२ बजे

कराते खेलाडी शेर्पाले चुमिन सगरमाथाको शिखर

काठमाडौं । बौद्ध डोजोका कराते खेलाडीले सगरमाथा शिखर चुमेकी छिन्

माओवादीको मध्यपहाडी लोकमार्ग अभियान जनयुद्वकालीन सेल्टर रोल्पाको थवाङमा

रोल्पा । बैतडीको पाटनबाट सुरु गरिएको नेकपा (माओवादी केन्द्र) का

गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु

गोरखा । गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।

निरन्तर घट्दो नाफाले सङ्कटोन्मुख टेलिकम सेवाप्रदायक

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले प्रकाशित गरेको चालु आर्थिक

ठेकेदारको अराजकता : गौरवको आयोजनाको ७८ मा सकिनुपर्ने सडक ८२ मा पनि सकिएन

पर्वत । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक गौरवको