१७ श्रावण २०८३, आइतबार | August 2, 2026

भारतमा एकै दिन थपिए ९ हजारभन्दा बढी संक्रमित, संक्रमितको संख्या २ लाख ३६ हजार नाघ्यो



काठमाडौं, २४ जेठ । भारतमा कोरोना भाइरसको संक्रमण दैनिकरूपमा बढ्दो क्रममा देखिएको छ ।

कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार नाघेको भारतमा केही दिन यता दैनिक संक्रमण पुष्टि हुनेको संख्या ९ हजार कट्न थालेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ९ हजार ४७१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ३६ हजार १८४ पुगेको छ । एकै दिन अरू २८६ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ६ हजार ६४९ पुगेको छ ।

यसअघि बिहिबार पनि भारतमा ९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको थियो । एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख १३ हजार २३३ जना संक्रमणमुक्त भएका छन् ।

कोराना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ७ : ३४ बजे

सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

काठमाडौं । नेपाली सेनाले जटिल भूबनोट भएका ३२ सडक आयोजनाका

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज कोशी,

पोखरामा मनाइयो कोदो दिवस

पोखरा । पोखरामा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ ।

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी