७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

नेपालमा सलह किरा आउने संभावना न्युन, आयो भने यी जिल्लामा हुने छ बढि क्षति



बुटवल । भारतमा किसानको लागि महामारी जस्तै तहल्का मच्चाएको सलह किरा नेपालमा आउने संभावना न्युन रहेको कृषि विज्ञ तथा जानकारहरुले बताएका छन् ।

खासगरी मौसमी वायु अनुसार नै सलह किराले वाहव परिर्वतन गर्ने भएको अनुसार अहिले नेपालमा मौसमी वायु प्रवेश गरिसकेको र भारतका अधिकांस स्थानमा ति किराहरुलाई अल्मलाउने हरियो प्रजातीको घाँस, बोट विरुवाहरु बढि मात्रामा रहेको कारण नेपालमा सहल किरा आउने संभावनान्युन रहेको बताइएको छ ।

यदि नेपालमा प्रवेश गर्ने हो भने प्रमुख रुपमा प्रदेश ५ का ३ वटा जिल्ला उच्चजोखिमा रहेका छन् । प्रदेश ५ को कृषि विकास निर्देशनालयका अनुसार नेपालमा सलह प्रवेश गर्ने प्रमुख स्थान भनेको नै प्रदेश ५ का जिल्ला हुन् ।

बाँके, बर्दिया, दाङ जिल्ला बढि मात्रामा जोखिमा रहेको कृषि विकास निर्देशनालय प्रमुख यामनारायण देवकोटाले जानकारी दिनुभयो ।

यसबाहेक रुपन्देही, कपिलवस्तु, नवलपरासी लगायतका जिल्ला पनि जोखिमको दोस्रो नम्बरमा रहेका छन् । लाखौंको संख्यामा प्रवेश गरी बालीनालीलाई छिनभरमा नै सखाप बनाउने सहल प्रजातिको फट्यांग्राको कारण भारतका अधिकांस किसानहरु मर्कामा परेका छन् ।

यो मौसम धानको ब्याड राख्ने, मकै लगायतका हरियो प्रजातिका तरकारीबाली लगाउने समय हो । नेपालमा यदि यो किरा प्रवेश गरेमा यो बर्ष धानको मौसम नै सखाप हुने छ । यस्तै मकै पनि सबै साखपहुने छ ।

कृषिविकास निर्देशनालय प्रमुख यामनारायण देवकोटाका अनुसार मौसमी वायु नेपालमा प्रवेश गरिसकेको कारण अहिले हावाहुरीको मौसमको समस्या टरेको छ ।

निर्देशनालय प्रमुख देवकोटाका अनुसार यदि नेपालमा, प्रदेश ५ का विभिन्न जिल्लामा यसको प्रभाव परेमा वा नेपालमा किरा देखिएमा निर्देशनालयले अन्य शिर्षकमा विनियोजन गरेको बजेटलाई यो किरा नियन्त्रणमा रकमान्तर गरेर भए पनि रोकथाम र पुर्व तयारीमा जुटेको छ ।

किरा समाउने नेट, विषादी छर्ने उपकरण [स्प्रेयर], विषादी लगायतका सामान खरिदको लागि बजेट व्यवस्थापन गरिएको छ ।

कृषिविकास निर्देशनालय बुटवलका बरिष्ठ बाली संरक्षण अधिकृत कामनाअधिकारीकाअनुसार सलह किराले आफ्नो विभिन्न झुण्ड बनाएर हिँड्ने भएको कारण छोटो समयमा नै धेरै क्षती पुर्याउने गर्दछ ।

यो किराले आफ्नो तौलको २०० ग्राम हुन्छ, सोहीतौल बरीबारको खाने गर्दछ । एउटा झुण्डमा करिव १ टन भन्दा बढि किराहरु हुने भएको कारण एकै समयमा २५ सय मानिसले खाने खाना एकै समयमायसले खाने गर्दछ ।

सलह किराको आकस्मिक सुरूआत १२ नोभेम्बर, २००७मा सुडानको उत्तरी भागमापहिलो पटक देखिएको थियो । पहिले सुडानबाट आफ्नो आतंक सुरु गरेको यो किराले अहिले अफ्रिकीमुलुकहरुमा तहल्का मच्चाइरहेको अवस्था छ ।
अफ्रिकाबाट करोडौको बथान बनाएर उड्न थालेका यी किराले पाकिस्तानहुँदै अप्रिल १३ मा राजस्थान, पन्जाब र उत्तर प्रदेशमा पुगि आफ्नो प्रभुत्व जमाउन सुरु गरिसकेको छ । सलह किरा २०१८ सालमा साउदी अरब नजिकैको अरेबियन प्रायद्विप पेनिनसुलामा दुई ठूला आँधी साइक्लोनले भारी वर्षा गराएपछि प्रजनन् गराएको पाइन्छ, जहाँ ९ महिनामा ३ पुस्ताको प्रजनन् गरेर यिनीहरूले आफ्नो सङ्ख्या ८०० गुणाले बढाएका थिए ।

२०५३ सालमा सलहले चितवनमा मात्रै ८० प्रतिशतभन्दा बढी बाली नोक्सान गरेको थियो । मकवानपुर, महोत्तरी र बारा जिल्लामा सलहले थोरै मात्रामाबालीनाली नष्ट गरेको थियो ।

नियन्त्रणका उपायहरु
–थोरै मात्रामा [युएलभीफर्म] अर्गानोफोस्फेट रसायनहरुको प्रयोग गर्न सकिन्छ ।
–कम दुरी उड्न सक्ने उपकरणबाट वायुमण्डलीय डिस्टर्ब सिर्जना गर्न सकिन्छ ।
–किराले प्रजनन् गर्ने सक्ने ठाउँलाई कुनै रसायन या घरेलु विधिबाट नष्ट गर्न सकिन्छ ।
–टायर बाल्ने, जालको प्रयोगबाट छोप्ने, खाडल बनाएर हाल्ने जस्ता क्रियाकलापबाट पनि केहीहदसम्म यस किराको प्रकोपलाई कमगर्न सकिन्छ ।
–अलि बढी फैलिएको ठाउँमा भने जैविक किट्नाशक औषधि [बायोपेस्टिसाइड्सस फङ्गाइ बेस्ड ग्रीनमसल] प्रयोग गर्न सकिन्छ ।
–स्टकपाइल कीटनाशक र बेन्डीकार्ब, डेल्टामेर्थिन, फिप्रोनिल, मेटाजिर्जियुम एनिसोप्लाइक्लोर्पाइरिफोस जस्ता कीटनाशकको प्रयोग तथा एरियल स्प्रे गर्ने ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ९ : २० बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल