२५ जेष्ठ २०८०, बिहिबार | June 8, 2023

दुर्गा आमा समुहको भवनको शिलन्यास



भैरहवा । तिलोत्तमा नगरपालिका वार्ड नं.१० शान्तिनगरमा रहेको दुर्गा आमा समुहको निर्माण हुन लागेको नयाँ भवनको शिलन्यास गरिएको छ ।
प्रदेश नं. ५ का प्रदेश सभा सदस्य दधिराम न्यौपानेले नव निर्मित ६ कोठे भवनको शिलन्यास गरेको उनको सचिवालयले जानकारी दिएको छ । शिलन्यास कार्यक्रममा कार्यक्रमका प्रमुख अथिति तथा प्रदेश सभा सदस्य न्यौपानेले महिलाहरुको क्षमता विकास र नेतृत्व विकासका लागि प्रदेश सरकारले थप कार्यक्रमहरु आगामी बजेट ल्याउन लागेको जानकारी दिनुभयो ।

उहाँले परिवार तथा समाजको विकासमा महिलाहरुको भुमिका महत्वपुर्ण रहेको भन्दै सरकारले महिला मैत्री बजेट निर्माणमा जोड दिएको बताउनुभयो ।

भवन शिलन्यास कार्यक्रममा बोल्दै सोही वडाका वडा अध्यक्ष व्यासमुनी चौधरीले व्यवस्थित कार्य सम्पादनका लागि भवन निर्माणले आमा समुहलाई सहयोग पुग्ने बताउनुभयो ।

आमा समुहकी अध्यक्ष लिला देवी जैसीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १२ वडा अध्यक्ष सहदेव चौधरी तथा स्थानिय समाजसेवी प्रदिप थापा, गोपाल घिमिरे, यादव अर्याल लगाएतको उपस्थित रहेको थियो । सिमा घिमिरेको सञ्चालन तथा शारदा नेपालको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ११ : १८ बजे

Nepal becomes self-reliant on cornea production, Nepal Eye Bank

KATHMANDU: With the rise in number of eye donors in

कर्णालीको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार र सुशासन प्राथमिकता

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ को

लखनउको किङ्ग जर्ज मेडिकल युनिभर्सिटीमा आगलागी

लखनउ । लखनउको किङ्ग जर्ज मेडिकल युनिभर्सिटीको निर्माणाधीन भवनमा बिहीबार

चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक गरिएको छ । विवाहेत्तर

एसियन कप छनोट : नेपाल चीनसँग पराजित

काठमाडौं । एएफसी यु-२० महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गत