२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

दुर्गा आमा समुहको भवनको शिलन्यास



भैरहवा । तिलोत्तमा नगरपालिका वार्ड नं.१० शान्तिनगरमा रहेको दुर्गा आमा समुहको निर्माण हुन लागेको नयाँ भवनको शिलन्यास गरिएको छ ।
प्रदेश नं. ५ का प्रदेश सभा सदस्य दधिराम न्यौपानेले नव निर्मित ६ कोठे भवनको शिलन्यास गरेको उनको सचिवालयले जानकारी दिएको छ । शिलन्यास कार्यक्रममा कार्यक्रमका प्रमुख अथिति तथा प्रदेश सभा सदस्य न्यौपानेले महिलाहरुको क्षमता विकास र नेतृत्व विकासका लागि प्रदेश सरकारले थप कार्यक्रमहरु आगामी बजेट ल्याउन लागेको जानकारी दिनुभयो ।

उहाँले परिवार तथा समाजको विकासमा महिलाहरुको भुमिका महत्वपुर्ण रहेको भन्दै सरकारले महिला मैत्री बजेट निर्माणमा जोड दिएको बताउनुभयो ।

भवन शिलन्यास कार्यक्रममा बोल्दै सोही वडाका वडा अध्यक्ष व्यासमुनी चौधरीले व्यवस्थित कार्य सम्पादनका लागि भवन निर्माणले आमा समुहलाई सहयोग पुग्ने बताउनुभयो ।

आमा समुहकी अध्यक्ष लिला देवी जैसीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १२ वडा अध्यक्ष सहदेव चौधरी तथा स्थानिय समाजसेवी प्रदिप थापा, गोपाल घिमिरे, यादव अर्याल लगाएतको उपस्थित रहेको थियो । सिमा घिमिरेको सञ्चालन तथा शारदा नेपालको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ११ : १८ बजे

निर्वाचन आयोगद्वारा धनुषा-१ मा मातृका यादव विजयीभएको औपचारिक घोषणा

धनुषा । निर्वाचन आयोगलले धनुषा-१ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार

पश्चिम एसिया तनाब : उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ताक्रम जारी

काठमाडौं । पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयल अन्तर्गतको कन्सुलर सेवा

चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्

चितवन । जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक सय

मिर्गौला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी । विश्व मिर्गौला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल

शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

काठमाडौँ । पश्चिम एसियामा जारी तनावप्रति चिन्ता व्यक्त गर्दै सरकारले