१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

स्वास्थ्य, सुरक्षा मापदण्ड पालना शर्तमा लकडाउन सहज बन्दै, आइतबार मन्त्रिपरिषदले निर्णय गर्ने



काठमाडौं । सरकारले स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी सुरक्षा मापण्ड पालना गर्ने गरी व्यापार व्यवसाय सञ्चालन गर्न दिने र जनजीवन सहज बनाउने तयारी गरेको छ ।

उद्योग व्यवसाय संचालन सम्बन्धमा तयार मस्यौदामाथि छलफल गरेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले जनजीवन सहज बनाउन लागेको हो ।

समितिको शनिबार बसेको बैठकमा आर्थिक क्रियाकलापलाई क्रमश सुचारु गर्ने सम्बन्धमा तयार भएको मस्यौदामाथि छलफल भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एवं समितिका समेत सचिव रहनु भएका नारायणप्रसाद विडारीले आर्थिक क्रियाकलापहरू, बैंकिङ कारोबार, कृषि जन्य उद्योग व्यवसाय, अत्यावस्यक सेवाका क्षेत्रहरु, अस्पताल तथा प्रयोगशाला लागयतका क्षेत्रहरुलाई क्रमश सहजता दिलाउँदै चरणवद्ध रुपमा सञ्चालन गर्न सहजिकरण गर्ने सम्बन्धमा तयार भएको मस्यौदा माथि छलफल भएको बताउनुभयो ।

शनिबार उक्त मस्यौदा माथि कुनै निर्णय नभएको र फेरी बैठक बसेर निर्णयमा पुगिने उहाँले बताउनुभयो ।

विडारीले विभिन्न औद्योगिक र निर्माण सँग सम्बन्धित उद्योग, कलकारखाना र व्यवसाय सुचारु गर्ने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी भएको स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी भइरहेको जनकारी दिनुभयो ।

पछिल्लो समय लकडाउन लम्बिदै गएपछि उद्योगी व्यवसायीहरुले सरकारलाई उद्योग व्यवसाय खोल्नका लागि दबाब दिदै आएका छन् ।

समितिले आइतबार बस्ने मन्त्रिपरिषद् बैठकमा उक्त मस्यौदा पठाउने तयारी गरिरहेको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ८ : ३६ बजे

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

काठमाडौँ । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४

मातृभाषामा शपथ खाने साँसदहरुको संख्या ६३ पुग्यो

काठमाडौं । संघीय संसद अन्तर्गत नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरु मध्य ६३

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर । होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल

रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक