४ श्रावण २०८२, आइतबार | July 20, 2025

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक : रास्वपालाई सरकारमा सहभागी हुन आग्रह



काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरिएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा रास्वपालाई सरकारमा सहभागी हुन आग्रह गरिएको हो ।

जनमत र नागरिक उन्मुक्ति पार्टीका नेता अनुपस्थित  रहेको सो बैठकमा संयन्त्र संयोजकसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी थिए ।

उक्त बैठकमा रास्वपालाई सरकारमा सहभागी हुन आग्रह गरिएको हो । केही दिनअघि सरकारबाट बाहिरिएको रास्वपाले सरकारलाई गरेको समर्थन भने कायम राखेको छ ।

रास्वपा सरकारबाट बाहिरिनु र गठबन्धन घटक नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिँदा बिहीबार एमाले नेतृत्वको सुदूरपश्चिम सरकार ढलेको छ । यही बेला शुक्रबार बसेको संयन्त्रको बैठकमा गठबन्धन दलबीचको आपसी शंका र विवाद समाधानका विषयमा पनि छलफल  भएको छ ।

सरकारको कामको समीक्षासमेत गरिएको बैठकमा राष्ट्रपति निर्वाचनसहित समसामयिक राजनीतिका विषयमा छलफल भएको छ ।

बैठकबाट बाहिरिने क्रममा राप्रपा अध्यक्ष लिङ्देनले अहिलेसम्म सरकारले गरेका कामको समीक्षा गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  १२ : ४६ बजे

हुम्लाको झापुकुनास्थित किराना पसलमा आगलागी

सिमकोट । सर्केगाड गाउँपालिका–४ को झापुकुनास्थित मानदेव शाहीको जस्तापाताले छाएको

नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक वाइल्डले दिए राजीनामा

काठमाडौं । नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे

जलजला जोड्ने पदमार्ग निर्माण

म्याग्दी । म्याग्दी, पर्वत र कास्कीको सिमानामा पर्ने धार्मिक, पर्यटकीयस्थल

मनास्लु क्षेत्र घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि

गोरखा । उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न पुग्ने विदेशी

पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता

पर्वत । मोदी गाउँपालिका-३ देउरालीको लाङ्दीमा पहिरामा घर पुरिँदा वृद्ध