१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै



काठमाडौं । सत्ता साझेदार दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । बिहीबार नै बस्ने भनेर अन्तिम समयमा स्थगित भएको बैठक शुक्रबार बिहान ९ बजे बस्ने जनाइएको छ ।

बैठकमा राष्ट्रपतिको निर्वाचन, सत्ता साझेदार दलहरुबीचमा देखिएको समस्या लगायतबारे छलफल हुने जनाइएको छ ।

यसअघि बिहीबार नै दिउँसो ३ बजे संयन्त्रको बैठक बस्ने भनिएको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र संयन्त्रका संयोजक समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएपछि शुक्रबार सम्मलाई बैठक सरेको थियो ।

बिहीबारको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान ९ बजे बैठक बस्ने बताएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि पहिलोपटक संयन्त्रको बैठक बस्न लागेको हो । नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएका सभापति रवि लामिछानेले पुनस् नागरिकता प्राप्त गरी गैरसांसद मन्त्रीको गृह मन्त्रालयको नेतृत्व गर्न खोजे पनि गृह मन्त्रालय नपाएपछि रास्वपा सरकारबाट बाहिरिएको थियो ।

बैठकको प्रमुख एजेन्डा भने फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनको विषय भएको बताइएको छ । प्रधानमन्त्री प्रचण्ड र उनको दल माओवादी केन्द्रका नेताहरुले राष्ट्रपतिका सन्दर्भमा राष्ट्रिय सहमति बन्नुपर्ने बताउँदै आएका छन् ।

ओली र एमालेका नेताहरुले भने प्रचण्डको नेतृत्वमा सरकार गठनका बेलाको जस्तै राष्ट्रपति आफ्नो पार्टीले अघि सारेको उम्मेदवार हुनुपर्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ८ : ३५ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम