१० भदौ २०८३, बुधबार | August 26, 2026

कोरोना कहर दक्षिण एसिया सोझिंदै, भारत दिनदिनै उकालो चढ्दै



बुटवल । बिश्वभरी माहामारीको रुप लिएको कोभिड १९ पछिल्लो समय दक्षिण एसियामा झाङ्गिदै गएको छ । दक्षिण एसियाको भारतमा कोभिड १९ ले अझै बढी उग्र बन्दै गएको छ । कोभिड १९ को पछिल्लो तथ्यांक अनुसार भारतले इटालीलाई समेत पछि पार्दै भारत कोरोना कारण संसारका संक्रमित मुलुकको सूचीमा पांचौ स्थानमा पुगेको छ। भारतमा अहिलेसम्म संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय २२ पुगेको छ।

कोरोना संक्रमितको संख्याका आधारमा संससारका सबैभन्दा बढी संक्रमित मुलुकको सूचीमा भारतभन्दा अगाडि बेलायत, स्पेन, रसिया, ब्राजिल र अमेरिकामात्र बांकी छन् ।

बिश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार ब्राजिल र भारतको संक्रमित वृद्धिदर अन्य मुलुकको भन्दा बढी छ। बेलायतमा २ लाख ८४ हजार ८ सय ६८ जना संक्रमित छन् भने भारतले उछिनेको इटालीमा संक्रमित संख्या २ लाख ३४ हजार ८ सय १ रहेको छ। जुन भारतको भन्दा १२ हजार कम हो ।

संक्रमितको संख्यामा अमेरिका २० लाखको नजिक पुगेको छ। अहिलेसम्म अमेरिकामा १९ लाख ८८ हजार ५ सय ४४ जना संक्रमित पुष्टि भएको छ । दोस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ६ लाख ७३ हजार ५ सय ८७ रहेको छ भने तेस्रो स्थानमा रहेको रसियामा ४ लाख ५८ हजार ६ सय ८९ संक्रमित छन्। त्यसपछि स्पेनमा २ लाख ८८ हजार ३ सय ९० संक्रमित रहेका छन्। मृत्यु भएका विरामीको संख्या आंकलन गर्दा प्रतिशतको आधारमा अन्य मुलुकको तुलनामा रसियाको मृत्युदर कम छ। त्यहाँ अहिलेसम्म ५ हजार ७ सय २५ जनाको कोरोनाका कारण मृत्यु भएको छ। जनकी भारतमा यसबाट मर्नेको संख्या ६ हजार ९ सय ४६ पुगिसकेको छ। प्राप्त तथ्यांक हेर्दा अमेरिकामा १ लाख १२ हजार ९६ जनाले ज्यान गुमाइसकेका छन् भने ब्राजिलमा मर्नेको संख्या ३५ हजार ९ सय ५७ पुगेको छ। त्यसैगरि स्पेनमा २७ हजार १ सय ३५ र बेलायतमा ४० हजार ४ सय ६५ जनाको मृत्यु भइसकेको छ।

बिश्व समुदायमा अन्य मुलुकहरुको अवस्था हेर्दा अझै भयाबह नटरेको आंकलन गर्न सकिन्छ । २ साता अघि सम्म बिश्वलाई उछिनेको इटालीमा भने संक्रमित दर घट्दो क्रममा छ । इटालीमा २ लाख ३४ हजार ८०१ संक्रमितहुंदा ३३ हजार ८४६ को मृत्यु भएको छ । पेरुमा १ लाख ९१ हजार ७५८ संक्रमित हुंदा ५ हजार ३०१ जनाको मृत्यु भएको छ । त्यसैगरि फ्रान्समा १ लाख ९० हजार ७५९ संक्रमित पुगेकाछन् जहां २९ हजार १४५ जनाको मृत्यु भएको छ भने जर्मनीमा १ लाख ८५ हजार ४८५ जना संक्रमित हुंदा ८ हजार ६७३ जनाको ज्यान गएको छ । ईरानमा १ लाख ६९ हजार ४२५ संक्रमित छन्, ८ हजार २०९ जनाको मृत्यु भएको छ । टर्कीमा १ लाख ६९ हजार २१८ संक्रमित हुंदा ४ हजार ६६९ जनाको मृत्यु भएको छ । त्यस्तै चिलीमा १ लाख २७ हजार ७४५ संक्रमित पुग्दा १ हजार ५४१ को मृत्यु भएको छ भने मेक्सीकोमा १ लाख १० हजार २६ जना संक्रमित छने जहां १३ हजार १७० जनाको ज्यान गएको छ ।

बिश्वमा अहिले सम्म ६८ लाख ५५ हजार संक्रमित हुंदा ३ लाख ९८ हजार ३२१ जनको मृत्यु भएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  ९ : ०९ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त