१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

नैराश्यता तथा डिप्रेसन हटाउने गीत रचना गरिदिनुस : मेयर सुवेदी



बुटवल । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीले लामो समयको लकडाउनको असरले गर्दा जनमानसका नैराश्यता तथा डिप्रेसन जस्ता रोगहरु देखा पर्न थालेको अवस्थामा संगितको माध्यमबाट उक्त समस्यालाई निराकरण गर्न सकिने भएकाले यस्तो समस्यालाई मध्यनजर गर्दै गीत संगितको रचना तथा वितरण गर्नको लागि कलाकारहरुसंग अनुरोध गर्नुभएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, नेपाल प्रदेश नं. ५ द्वारा प्रकासित भित्तेपात्रोको शनिबार एक कार्यक्रमकावीच विमोचन गर्दै मेयर सुवेदीले डिप्रेशन र नैराश्यताले गर्दा समाजमा आत्म हत्या बढेकोले यसलाई रोक्नको लागि त्यस्तो किसिमको गीतसंगित रचना गरिदिन कलाकारलाई आग्रह गर्नुभएको हो ।

कला संस्कृति राष्ट्रको गहना भएकोले यसको संरक्षण र उत्थानमा सबै अग्रसर हुनुपर्नै भन्दै स्थानीय सरकारको हैसियतले बुटवल उपमहानगरपालिकाले पनि लोक संस्कृतिको जर्गेना र संरक्षणमा विशेष ध्यान दिएको बताउनुभयो । कला साहित्यको संरक्षण, सम्वद्र्धन र उत्थानका लागि बुटवल उपमहानगरले कला साहित्य परिषदको गठन गरेको जानकारी गराउदै उहाले यसले कला संस्कृतिको उत्थानमा टेवा पुग्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, नेपालका केन्द्रिय सल्लाहकार खिम बहादुर हमालले लकडाउनका कारण जनजीवन नै प्रभावित बनिरहेको अवस्थामा लोक दोहोरी कलाकारहरुको यो सक्रियताले सम्पूर्णलाई उत्प्रेरणा प्रदान गरेको बताउनुभयो । लकडाउनकै अवस्थामा पनि कलाकारहरुले विभिन्न रचना मार्फत समाजमा उत्प्रेरणा प्रदान गरिरहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, नेपाल प्रदेश नं. ५ का अध्यक्ष डिल्लीनारायण पाण्डेले कला संस्कृति राष्ट्रको गहना भएको र यसको संरक्षणका निम्ति कलाकारहरु निस्वार्थ भावनाका साथ निरन्तर लागिपरेको बताउदै कलाकारहरुको अभियानमा स्थानीय सरकारले सघाउनुपर्ने बताउनुभयो ।

साथै कला संस्कृतिको जर्गेना र संरक्षण गर्नु सरकारको पनि दायित्व भएको भन्दै आगामी बजेटमा कला संस्कृतिको क्षेत्रमा उलेख्य रुपमा बजेट विनियोजन गर्नको लागि प्रमुख सुवेदी सामु आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, नेपालका केन्द्रिय सचिव प्रचण्ड जि.सी., जिफन्टका केन्द्रिय नेता नारायण भट्टराई, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, नेपाल प्रदेश नं.५ का बरिष्ठ उपाध्यक्ष नारायण थापा, प्रथम उपाध्यक्ष दिपु मगर, द्वितीय उपाध्यक्ष नारायण विपि परियार, सदस्यहरु रुकु पाण्डे, धन बहादुर गुरु·, लक्ष्मण सुवेदी, दुर्गा नेपाल, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, नेपाल, रुपन्देहीका अध्यक्ष दीपक कार्की, कोषाध्यक्ष संजय सौगात लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  १० : ४८ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’