४ पुस २०८२, शुक्रबार | December 20, 2025

२४ घण्टामा देशभर २१३ जना कोरोना संक्रमित थपिए



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २१३ जना संक्रमित थपिएकाछन् । जसमध्ये २०९ जना पुरुष र ४ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ । संक्रमितहरु शनिबारभन्दा कम देखिएका छन् । हालसम्म आइसोलेसनमा रहेका संक्रमितहरु २ हजार ९६८ जना रहेका छन् ।

प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा १ सय २ जना निको भएर घर फर्किएका छन् । उनीहरुमध्ये १ सय जना पुरुष र २ जना महिला रहेका छन् । यससँगै कुल निको हुनेको संख्या ४ सय ६७ पुगेको छ । जसमध्ये ३ सय ९९ जना पुरुष र ६८ जना महिला रहेका छन् । अहिले सम्म निको भई घर फर्किनेहरुमा प्रदेश १ मा ९१ जना, प्रदेश २ मा १ सय ८६ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ३ जना, प्रदेश ५ मा १ सय ३३ जना, कर्णाली प्रदेशमा ९ जना र सुदूरपश्चिम प्रदेशमा १३ जना रहेका छन् ।

अहिले सम्म कोरोना भाइरसको आशंकामा कुल ९६ हजार २ सय ५ पीसीआर परीक्षण भएको छ । त्यस्तै १ लाख ४५ हजार ४९ आरडिटी परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७ सय २८ पीसीआर परीक्षण भएको छ भने ७ हजार ६ सय १४ आरडिटी परीक्षण भएको छ ।

यस्तै देशभर १ लाख ७० हजार ७ सय ३२ जना क्वारेन्टाइनमा रहेका छन् । प्रदेश १ मा ४ हजार ३ सय ८८, प्रदेश २ मा २२ हजार २ सय ३२, बागमती प्रदेशमा ३ हजार १ सय ९५, गण्डकी प्रदेशमा ५ हजार ३ सय ६३, प्रदेश ५ मा ३९ हजार ८ सय ९७ जना, कर्णाली प्रदेशमा ३२ हजार ८२ जना र सुदूरपश्चिम प्रदेशमा ६३ हजार ५ सय ७५ जना क्वारेन्टाइनमा रहको छन् ।

प्रवक्त देवकोटाका अनुसार देशभर २ हजार ९ सय ६८ जना संक्रमितहरु अइसोलेसनमा रहेका छन् । जसमध्ये प्रदेश १ मा १ सय ६८ जना, प्रदेश २ मा ९ सय ७४ जना, बागमती प्रदेशमा ५७ जना, गण्डकी प्रदेशमा १ सय ८ जना, प्रदेश ५ मा ९ सय ४४ जना, कर्णाली प्रदेशमा ६ सय २१ जना र सुदूरपश्चिम प्रदेशमा ९६ जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।

देशभर ७७ जिल्ला मध्ये ७१ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

 

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  ४ : २९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको