१ असार २०८२, आइतबार | June 15, 2025

एमसीसी खारेजीका लागी बुटवलमा जनदवाव सभा गरिंदै



बुटवल । रुपन्देहीमा क्रियाशिल ६ वटा राजनीतिक दलहरुले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको खारेजी लगायत अन्य जनजिविकासंग सम्बन्धित विषयमा जनदवाव सिर्जना गर्न भन्दै जेठ २६ गते सोमवार बुटवलमा विरोध सभाको आयोजना गर्ने घोषणा गर्ने भएका छन् ।

नेकपा मसाल, राष्ट्रिय जनमोर्चा, नेकपा माले, नेकपा क्रान्तिकारी माओवादी, देशभक्त जनतान्त्रीक मोर्चा, नेपाल, नेकपा माओवादी केन्द्रसहितका दलहरुको बुटवलमा बसेको संयुक्त बैठकले एमसीसी पारित भएमा नेपालले अहिलेसम्म अपनाउँदै आएको असंलग्न परराष्ट्र नीति समाप्त भई नेपालमा अमेरिकी साम्राज्यवादको गतिविधि गर्ने स्थल बन्ने र त्यसबाट नेपालको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधीनतामा चुनौति सृजना हुने ठहर गर्दै त्यसका विरुद्ध व्यापक संघर्षको आवश्यक्ता भएको बताएको छ ।

बैठकले राष्ट्रघाती कदमका विरुद्ध ऐक्यवद्धताका साथ संघर्षमा उत्रिन सम्पूर्ण जनतालाई हार्दिक आव्हान गरेको बैठकमा सहभागि राष्ट्रिय जनमोर्चाका रुपन्देही अध्यक्ष बद्रे आलमले जानकारी दिनुभयो ।

आलमका अनुसार बैठकले भारतले नेपाली भूमीमा लगातार अतिक्रमण बढाइरहेको र लामो समयदेखि कालापानीमा सैनीक अखडा बनाएकोमा तत्तकाल सो हटाउन, जेठ १० गते रुकुमको चौरझारीमा घटेको सामुहिक हत्याकाण्डको कडा शब्दमा निन्दा गर्दै रुकुम घटनाको विरुद्ध भएका सबै न्यायपूर्ण अन्दोलनमा बैठकले ऐक्यबद्धता जनाएको छ ।

बैठकमा नेकपा मसालका रुपन्देही प्रबक्ता नारायण जीसी, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम, नेकपा मालेका गोपालमणी गौतम, नेकपा क्रान्तिकारी माओवादीका विनोद मरासीनी, देशभक्त जनतान्त्रीक मोर्चाका रामप्रसाद पोखरेल र नेपाल, नेकपा माओवादी केन्द्रका पोषराज खनालको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  ४ : ४२ बजे

अमेरिकामा २ सांसदमाथि गोली प्रहार, महिला सांसद र उनका श्रीमानको मृत्यु, अन्य घाइते

वासिंगटन डिसी। अमेरिकाको मिनेसोटाका दुई डेमोक्र्याटिक सांसदलाई घरमा गोली हानिएको

सभामुख घिमिरेले बोलाए प्रमुख दलका सचेतकहरूको बैठक

काठमाडौं । संसद्को क्यालेन्डरलगायत विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले

आज जयतु संस्कृतम् दिवस

काठमाडौं । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस आज

बङ्गलादेशमा व्यावसायिक रूपमा विद्युत् निर्यात सुरु : मन्त्री खड्का

काठमाडौर. । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष नेपालबाट भारतीय प्रसारण

लोक सेवा आयोगले आज हीरक महोत्सव मनाउँदै

काठमाडौं । ‘योग्यता, निष्पक्षता र स्वच्छता’ मूल मर्मका साथ अगाडि