१० बैशाख २०८३, बिहिबार | April 23, 2026

एमसीसी खारेजीका लागी बुटवलमा जनदवाव सभा गरिंदै



बुटवल । रुपन्देहीमा क्रियाशिल ६ वटा राजनीतिक दलहरुले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको खारेजी लगायत अन्य जनजिविकासंग सम्बन्धित विषयमा जनदवाव सिर्जना गर्न भन्दै जेठ २६ गते सोमवार बुटवलमा विरोध सभाको आयोजना गर्ने घोषणा गर्ने भएका छन् ।

नेकपा मसाल, राष्ट्रिय जनमोर्चा, नेकपा माले, नेकपा क्रान्तिकारी माओवादी, देशभक्त जनतान्त्रीक मोर्चा, नेपाल, नेकपा माओवादी केन्द्रसहितका दलहरुको बुटवलमा बसेको संयुक्त बैठकले एमसीसी पारित भएमा नेपालले अहिलेसम्म अपनाउँदै आएको असंलग्न परराष्ट्र नीति समाप्त भई नेपालमा अमेरिकी साम्राज्यवादको गतिविधि गर्ने स्थल बन्ने र त्यसबाट नेपालको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधीनतामा चुनौति सृजना हुने ठहर गर्दै त्यसका विरुद्ध व्यापक संघर्षको आवश्यक्ता भएको बताएको छ ।

बैठकले राष्ट्रघाती कदमका विरुद्ध ऐक्यवद्धताका साथ संघर्षमा उत्रिन सम्पूर्ण जनतालाई हार्दिक आव्हान गरेको बैठकमा सहभागि राष्ट्रिय जनमोर्चाका रुपन्देही अध्यक्ष बद्रे आलमले जानकारी दिनुभयो ।

आलमका अनुसार बैठकले भारतले नेपाली भूमीमा लगातार अतिक्रमण बढाइरहेको र लामो समयदेखि कालापानीमा सैनीक अखडा बनाएकोमा तत्तकाल सो हटाउन, जेठ १० गते रुकुमको चौरझारीमा घटेको सामुहिक हत्याकाण्डको कडा शब्दमा निन्दा गर्दै रुकुम घटनाको विरुद्ध भएका सबै न्यायपूर्ण अन्दोलनमा बैठकले ऐक्यबद्धता जनाएको छ ।

बैठकमा नेकपा मसालका रुपन्देही प्रबक्ता नारायण जीसी, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम, नेकपा मालेका गोपालमणी गौतम, नेकपा क्रान्तिकारी माओवादीका विनोद मरासीनी, देशभक्त जनतान्त्रीक मोर्चाका रामप्रसाद पोखरेल र नेपाल, नेकपा माओवादी केन्द्रका पोषराज खनालको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  ४ : ४२ बजे

खोटाङको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

खोटाङ । यहाँको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी काठमाडौं

मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

इलाम । विसं २०५० मा हरिबहादुर तामाङले पसल सुरु गर्दा

वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आवको नौ महिनामा रु

नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु

नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को अधिकांश स्थानीय तहले नियमित पठनपाठन सुरु