२० मंसिर २०८२, शनिबार | December 6, 2025

पश्चिम रुकुम घटनाको विरोधमा त्रिभुवन विश्वविद्यालयमा प्रदर्शन



काठमाडौं । पश्चिम रुकुमको चौरजहारी नगरपालिकामा भएको घटनाको विरोधमा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत दलित विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् ।

विभिन्न जिल्लाबाट काठमाडौं आई त्रिभुवन विश्व विद्यालय कीर्तिपुरमा अध्ययन गरिरहेका विद्यार्थीहरुले आइतबार त्रिवि परिसरमा विरोध प्रदर्शन गरेका हुन् ।

विद्यार्थीहरुले टाउकोमा किताब र निधारमा पट्टि बाँधेर चौरजहारीमा दलित युवकमाथि भएको जातीय विभेदयुक्त हत्याको विरोध गरेका छन् । कोरोना महामारीको कारण सामाजिक दुरी कायम गर्दै त्रिवि परिसरमा भेला भएका उनीहरुले जनचेतनामूलक प्लेकार्ड सहित प्रदर्शन गरेका हुन् ।

विद्यार्थीहरुले विभेद र अत्याचार विरुद्ध त्रिविले शिक्षा दिन नसकेको भन्दै ‘विभेद विरुद्ध नबोल्ने शिक्षा के का लागि’, ‘अहिले नबोले कहिले बोल्ने’, ‘टियु ले कस्तो जनशक्ति उत्पाद ग-यो’ लेखिएका प्लेकार्डहरु बोकेका थिए ।

विद्यार्थीहरुले दलितमाथिको विभेद र अत्याचार विरुद्ध बोल्नका लागि अभियान नै चलाउनुपर्ने भएकाले प्रदर्शन गर्नुपरेको बताएका छन् । विद्यार्थीहरुले रुकुम घटनाका दोशीलाई तत्काल कारबाही गर्न समेत माग गरेका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  ४ : ४१ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय