१२ श्रावण २०८१, शनिबार | July 27, 2024

उद्योग ब्यवसाय खोल्नुको बिकल्प नरहेको उद्योगी ब्यवसायीको भनाई



बुटवल । उद्योगी व्यवसायीले उद्योग व्यवसाय खोल्नुको विकल्प नरहेको बताएका छन् । उनीहरुले लामो समय लकडाउन हुँदा श्रमिक र उद्योगी व्यवसायी समस्यामा परेको भन्दै ब्यवसाय संचालनको बिकल्प नभएको बताएका हुन् । लकडाउनको मोडालिटी परिवर्तन गर्दै स्वास्थ्य सुरक्षा अपनाएर भएपनि ब्यवसाय संचालन गर्न दिनुपर्ने उद्योगी ब्यवसायीको भनाई छ ।

उनीहरुले सरकारलाई लकडाउनको मोडालिटी बारे सरकारलाई सुझाव दिंदै सबैभन्दा पहिला साना तथा मझौला उद्योग र पसल व्यवसायलाई सञ्चालन गर्न सकिने, यातायातका साधनहरुलाई पनि पहिलो प्राथमिकतामा राखेर खोल्नुपर्ने, होटल व्यवसायलाई क्रमश सञ्चालन गर्नुपर्ने गरी चरणवद्ध र योजनावद्ध रुपमा सबै क्षेत्रलाई खोल्नु पर्ने बताएका छन् ।

उद्योगी व्यवसायीहरुले लामो समय लकडाउन भएका कारण हरेक वस्तु तथा सेवा अत्यावस्यक भइसकेकाले तत्काल खोलेर आर्थिक जनजीवनलाई सहज बनाउनुपर्नेमा जोड दिएका हुन् । उत्पादन मुलक उद्योगलाई खोल्ने तर यातायात र पसलहरुलाई नखोल्ने हो भने कुनै अर्थ नहुने भएकाले सबै क्षेत्रलाई प्राथमिकतामा राखेर न्यूनतम स्वास्थ्य सुरक्षाका विधिहरु अपनाई खोल्ने व्यवस्था गर्नुपर्ने उद्योगी व्यवसायीहरुले बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले संक्रमित बढेको र नबढेको क्षेत्रलाई छुट्याएर आर्थिक क्रियाकलापलाई सुचारु गर्नुपर्ने बताउनुभयो । उहाँले ७५÷७६ दिन लकडाउनमा सबैजना बसिसकेको कारण अव कसरी अगाडि जानुपर्छ भन्ने विषयमा सबैजना जानकार रहेको बताउनुभयो । उहाँले अवपनि अर्थतन्त्रलाई चलायमान गर्न नसके कोरोनाबाट नभई भोकमरीले ज्यान जानेको संख्या बढ्ने र अर्थतन्त्र ध्वस्त भएर जाने बताउनुभयो । उहाँले अत्यावस्यक सामान र पसलहरु सबै खोल्नु पर्ने बताउनुभयो ।

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सबैभन्दा पहिला साना तथा मझौला व्यवसायहरु सञ्चालनमा आउनुपर्ने बताउनुभयो । उहाँले साना तथा मझौला किसिमका उद्योग व्यवसायमा सबैभन्दा बढी रोजगारी रहेकोले त्यस क्षेत्रलाई महत्व दिइ सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले यातायातको क्षेत्रलाई पनि पहिलो चरणमा नै सञ्चालन गर्नुपर्ने बताउनुभयो । त्यस्तै सेवा क्षेत्रमा पनि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीलाई पूर्ण रुपमा चलाउने र होटल व्यवसायलाई पनि प्यारामिटर बनाएर सञ्चालन गर्नुपर्ने बताउनुभयो । त्यसपछि मात्रै समग्र अर्थतन्त्रलाई सामान्यिकरण गर्दै जानुपर्ने उहांको सुझाव छ ।

होटल संघ नेपालकी अध्यक्ष सृजना राणाले होटल क्षेत्रमा ब्याङ्केट बाहेकका सेवा सुचारु गर्न सकिने बताउनुभयो । उहाँले स्वास्थ्य सुरक्षाका उपायहरु अपनाएर होटल तथा रेस्टुरेन्टहरुलाई सञ्चालन गर्न सकिने बताउनुभयो । होटल तथा रेस्टरेन्टहरुलाई कसरी सेवा दिनुपर्छ भन्ने विषयमा होटल संघले गृहकार्य गरी मापदण्ड तयार पारिसकेको बताउनुभयो ।

नाडा अटो मोबाइल्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद दुलालले सबै क्षेत्रमा स्वास्थ्य सुरक्षाका आधारभुत विधिहरु अपनाइ खोल्नुपर्ने बताउनुभयो । उहाँले सरकारलाई आफुहरुले कसरी सावधानी अपनाउन सकिन्छ भन्ने विषयमा १६ वटा बुँदामा लिखित सुझाव दिइसकेको बताउनुभयो ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले यातायात क्षेत्रमा कामगर्ने मजदुरलाई स्वास्थ्य सुरक्षा सम्बन्धी सामग्री उपलब्ध गराएर यातायात क्षेत्रलाई पहिलो चरणमा खोल्नुपर्ने बताउनुभयो । अर्थतन्त्रको रक्तसन्चार नै यातायात क्षेत्र भएकोले अग्रपंक्तिमा राखेर यसलाई सुचारु गर्नुपर्ने उहाँले बताउनुभो । तर सरकारले यातायात क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई स्वास्थ्य सामग्री उपलब्ध नगराए यातायात सञ्चालन गर्न अनुमति दिए पनि आफुहरुले सञ्चालन गर्न नसक्ने महासचिव सिटौलाले बताउनुभयो ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  १० : २४ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान