१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

प्रदेश ५ मा कागज र रासायनिक मल कारखाना स्थापना हुने, सरकारी कार्यालयमा नेपाली काठको फर्निचर



बुटवल । प्रदेश नम्बर ५ मा यसै आर्थिक वर्षमा रासायनिक मल र कागज कारखानाको स्थापना हुने भएको छ । आर्थिक वर्ष ०७७/७८को बजेट प्रस्तुत गर्दै प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले यस्तो घोषणा गरेका हुन् ।

उनले लघु, घरेलु तथा साना उद्योग कोषको स्थापना गरि बिदेशबाट फर्केका युवाहरुलाई आत्मनिर्भर बनाउन १० करोड बजेट बिनियोजन गरेको बताए । एक निर्वाचन क्षेत्र १ उद्या्ेगको योजना सफल बनाउन प्रत्यक पालिकामा १० करोड बजेट बिनियाेजन गरेको घोषणा गर्दै पोखरेलले मोतीपुर औद्योगिक क्षेत्र र नौबस्ता औद्योगिक क्षेत्रलाई प्रदेशको स्वामित्वमा ल्याउने बताए ।

उनले बांके, दाङ र रुपन्देहीमा स्थायी डिपार्टमेण्टर स्थल स्थापना गर्न १ करोड ३६ लाख बजेट बिनियोजन गरेको बताउंदै प्रदेशमा रहेका सबै सरकारी कार्यालयमा नेपाली काठ र नेपाली फर्निचरको प्रयोग गर्ने घोषणा गरे । बिद्यालयमा शिक्षक र बिद्यार्थिले अल्लो, ढाका जस्ता कपडा प्रयोग गरि पोशाक बनाउने बिद्यालयलाई प्रदेश सरकारले अनुदानका लागि बजेट छुट्याईएको मुख्यमन्त्री पोखरेलले बताए ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ४ : १९ बजे

टस जितेर विराटनगरले रोज्यो बलिङ, चितवनले पहिले ब्याटिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा

गुल्मीमा भएको सडक दुर्घटनामा व्यवसायीको निधनले शोकमा वालिङ

वालिङ । सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला

दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक

लमजुङ । यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

धादिङ । कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर