५ श्रावण २०८३, मंगलबार | July 22, 2026

प्रदेश ५ मा कागज र रासायनिक मल कारखाना स्थापना हुने, सरकारी कार्यालयमा नेपाली काठको फर्निचर



बुटवल । प्रदेश नम्बर ५ मा यसै आर्थिक वर्षमा रासायनिक मल र कागज कारखानाको स्थापना हुने भएको छ । आर्थिक वर्ष ०७७/७८को बजेट प्रस्तुत गर्दै प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले यस्तो घोषणा गरेका हुन् ।

उनले लघु, घरेलु तथा साना उद्योग कोषको स्थापना गरि बिदेशबाट फर्केका युवाहरुलाई आत्मनिर्भर बनाउन १० करोड बजेट बिनियोजन गरेको बताए । एक निर्वाचन क्षेत्र १ उद्या्ेगको योजना सफल बनाउन प्रत्यक पालिकामा १० करोड बजेट बिनियाेजन गरेको घोषणा गर्दै पोखरेलले मोतीपुर औद्योगिक क्षेत्र र नौबस्ता औद्योगिक क्षेत्रलाई प्रदेशको स्वामित्वमा ल्याउने बताए ।

उनले बांके, दाङ र रुपन्देहीमा स्थायी डिपार्टमेण्टर स्थल स्थापना गर्न १ करोड ३६ लाख बजेट बिनियोजन गरेको बताउंदै प्रदेशमा रहेका सबै सरकारी कार्यालयमा नेपाली काठ र नेपाली फर्निचरको प्रयोग गर्ने घोषणा गरे । बिद्यालयमा शिक्षक र बिद्यार्थिले अल्लो, ढाका जस्ता कपडा प्रयोग गरि पोशाक बनाउने बिद्यालयलाई प्रदेश सरकारले अनुदानका लागि बजेट छुट्याईएको मुख्यमन्त्री पोखरेलले बताए ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ४ : १९ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं