९ चैत्र २०७९, बिहिबार | March 23, 2023

प्रदेश ५ सरकारको कोभिड नियन्त्रण तथा उपचार कोषमा सूर्य नेपालको १ करोड सहयोग



बुटवल । प्रदेश ५ सरकारले स्थापना गरेको कोभिड-१९ नियन्त्रण तथा उपचार कोषका लागि सूर्य नेपाल प्रालीले १ करोड रुपैयाँ सहयोग गरेको छ ।

प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलको निवासमा आयोजित एक कार्यक्रमकाबीच प्रालीका उपाध्यक्ष रवि केसीले मुख्यमन्त्री पोखरेललाई १ करोड रकमको चेक हस्तान्तरण गरे ।

सहयोग रकम ग्रहण गर्दै मुख्यमन्त्री पोखरेलले कोरोना कोषमा भएको रकम खर्च गर्ने छुट्टै कार्यविधि र संयन्त्र रहेको र कोरोना संक्रमण निर्मूल नहुन्जेलसम्म कोषमा भएको रकम अन्यत्र खर्च नहुने बताए । पोखरेलले कोभिड-१९ कोषमा रकम सहयोग गरेकोमा सूर्य नेपाललाई धन्यवाद ज्ञापन गरे ।

पोखरेलले प्रदेशमा करिब ४ हजार संक्रमित फेला परेकोमा अहिले भने ८० प्रतिशत भन्दा धेरै व्यक्ति निको भएर घर फर्किएको जानकारी दिए ।

उनले प्रदेश ५ मात्र नभई ५२ वटा जिल्लाका नागरिकहरु भारतबाट यहि प्रदेशका नाका प्रयोग गरि भित्रिँदा एकैपटक धेरै संक्रमित फेला परेको भएपनि अहिलेभने अवस्था नियन्त्रणतर्फ गएको बताए ।

मुख्यमन्त्री पोखरेललाई चेक हस्तान्तरण गर्दै सूर्य नेपालका उपाध्यक्ष केसीले कोरोना कोषमा उपलब्ध गराएको रकम कोरोना नियन्त्रण तथा उपचारका लागि उपकरण खरिदमा खर्च गर्न आग्रह गरे ।

सूर्य नेपालले प्रत्येक प्रदेशलाई १,१ करोड सहयोग गर्ने यस अघि नै घोषणा गरेको थियो ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ९ : ०७ बजे

मधेश प्रदेशमा भाटभटेनीको सेवा बिस्तार, खुल्यो विरगञ्जमा २४ औं स्टोर

बुटवल । मुलुककै ठूलो चेन सुपरस्टोर सञ्चालन गरिरहेको भाटभटेनीको २४

भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी

मुम्बई । भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी

आँधीखोलामा ‘हप्तामा दुई घण्टा’ अभियान

पोखरा । धार्मिक एवं ऐतिहासिक महत्वको आँधीखोलाको संरक्षण तथा सरसफाइ

मन्त्रिपरिषद् विस्तार र राजनीतिक नियुक्ति प्याकेजमै

काठमाडौं । सत्तारूढ गठबन्धन आबद्ध मुख्य चार दलले मन्त्रिपरिषद्लाई पूर्णता

पहिरो नियन्त्रण

त्रिशूली । ‘गल्छी-रसुवागढी’ सडक योजनाको कार्यालय नुवाकोटमार्फत बिस्तार भइरहेको अन्तराष्ट्रिय