१० असार २०८३, बुधबार | June 24, 2026

प्रभु समूहका सेवाहरु अव सगुन सोसल मिडियाबाट पनि लिन सकिने



काठमाडौं। सोसल मिडिया एप अव मनोरन्जन र रमाईलाका लागि मात्र होईन सेवा र सुबिधाका लागि पनि प्रयोग हुन थालेका छन् ।

पछिल्लो समय नेपालमा पनि सोसल मिडियाले सुचना, जानकारीसँगै उपभोक्ताहरुलाई सहजिकरण गरिदिन थालेको छ ।

सोसल मिडिया प्रयोगकर्ताहरुले एनसेल, स्मार्ट सेल, र एनटीसीको रिचार्ज कार्ड सित्तैमा प्रयोग गर्ने सुबिधा लिईरहेका सगुन मार्फत प्रभु समूहको सेवा पनि लिन सक्ने भएका छन् ।

सोसल मिडिया एप सगुन र प्रभु म्यानेजमेन्टबीच ज्ञान र आम्दानी बढाउने उद्देश्यका साथ सम्झौता भएको छ। सामाजिक सञ्जाललाई मनोरञ्जनका लागि मात्रै भन्दा पनि प्रयोगकर्तालाई ज्ञान र आम्दानी सँग जोड्ने उदेश्यले साझेदारी गरिएको कम्पनीले जनाएको छ।

यो सम्झौताले सगुनका प्रयोगकर्ताहरुले बिजुली, पानी, इन्टरनेट, टिभीको बिल तिर्न सहज बनाउनुका साथै पैसा पठाउन र पाउन, बैंकमा जम्मा गर्ने लगायतका प्रभु म्यानेजमेन्टका सेवा सुविधाको पनि लाभ लिन सक्ने जनाइएको छ।

प्रभु म्यानेजमेन्टकी कार्यकारी अध्यक्ष कुसुम लामाले प्रभु समूहको रूपमा सगुनको वृद्धिका लागि पूर्ण योगदान दिने बताईन्।

सगुन नेपालका कन्ट्री म्यानेजर आनन्द बज्रचार्यले प्रभु म्यानेजमेन्टले नेपालीहरुलाई वर्षौंदेखि दिइरहेको सेवासुविधाबारे परिचित भएकोले साझेदारी गरिएको जानकारी दिए ।

सगुन अमेरिका, नेपाल र भारतमा दर्ता भइ संचालनमा आइरहेको छ। हालसम्म सगुनका ५७ लाख प्रयोगकर्ता रहेका छन्।

प्रभु म्यानेजमेन्ट सँगको सहकार्यपछि नेपाल र भारतका प्रयोगकर्ताहरुले मात्र करिब ४ करोड स्मार्ट कोइन बराबरको किनमेल गरिसकेको कम्पनीले जनाएको छ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ९ : ५४ बजे

हुलाकी राजमार्ग अन्तर्गत खजुरा खण्डको मुहार फेरिँदै

खजुरा । विगत ९ वर्षदेखि कन्तबिजोग पारिएको हुलाकी राजमार्ग अन्तर्गतको

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया

बुटवल उपमहानगरको ३ अर्ब ९९ करोडको बजेट सार्वजनिक

बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ३

नेपालगन्ज उपमहानगरको बजेट १ अर्ब, ७६ करोड ६४ लाख

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको १९ औं नगरसभा नेपालगन्जमा सुरु भएको

चिमखोलाको पहिचान र म्याग्दीको गौरव थाली नाच

बेनी । दुवै हातका पञ्जामा चम्किला थाली । गीतको लयसँगै