२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

पूर्व सभामुखले हलोको अनौ समाएपछि………



बुटवल । पूर्वसभामुख तथा माओबादी जनयुद्धका मुख्य अभियन्ता कृष्णवहादुर महराले बारी जोतेको फोटो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । राजनितीक जिवनको २५ वर्ष पछि आफ्नो वारी जोतेका महराको फोटो केहि मिडियामा आएपछि सबैले महराको जोतेको फोटोलाई महत्वका साथ समाचार बनाईरहेका छन् ।

लामो समयदेखि काठमाण्डौको बसाई पछि सपरिवार जन्मथलो रोल्पा आएका महराले मकै छर्नका लागी वारी जोतेका थिए । महरालाई उनका छोरा र वालसखाहरुले बारी जोत्नलाई साथ दिएका थिए । राजनीति गरेदेखि कहिले भुमिगत जिवनशैलीका कारण त कहिले पार्टीको जिम्मेवारीका कारण बाहिरको बाहिरै बस्ने गरेका पूर्व सभामुख महरा यसपटक खेतिपातीको कामका लागि परिवारका सबै सदस्य आफ्नो पुर्ख्यौली घर पुगेका हुन् । लकडाउन पछि पटक पटक गृहजिल्ला आएका महराले यस पटक भने वारी जोत्न समेत भ्याएका हुन ।

उनी २०४८ सालको संसदीय निर्वाचनमा रोल्पा निर्वाचन क्षेत्र नं.२ वाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । त्यसपछिको निर्वाचनमा दाङलाई समेत कार्यक्षेत्र बनाएका महराको बसाई रोल्पा भन्दा बढी काठमाडौ नै हुने गरेको थियो । २०५२ साल फाल्गुन १ गते सशस्त्र युद्ध घोषणा हुनु पुर्व नै महरा भूमिगत भएका थिए । भूमिगत पछि महराको घर आउजाउ पूर्ण रुपमा वन्द भयो । दोश्रो जनआन्दोलन पछि सुरु भएको शान्ति प्रकृयाको केन्द्रीय भूमिकामा रहेका महराले रोल्पा नपा १ मेवाङमा रहेको घरलाई समय दिन सकेका थिएनन् । युद्धकालभर महराको घर वेवारिसे थियो ।

रोसनीकाण्डका कारण केहि समय जेल बसेका महरा जेलवाट छुटे लगत्तै १ हप्ता आफ्नै घरमा विताएका महरा त्यस पछि पनि पटक पटक घर आउजाउ गरिरहेका छन । उनको समकालिन कार्यकर्ताहरु तथा साथिहरुले महरालाई मेवाङमै वस्न आग्रह समेत गरेकाछन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  ९ : १९ बजे

संविधानको रक्षा गर्ने शक्तिसहितका पक्षमा जनमत आउने विश्वास छ : पूर्वराष्ट्रपति डा यादव

जनकपुर । पूर्वराष्ट्रपति डा रामवरण यादवले जारी निर्वाचनबाट संविधानको रक्षा

नेकपा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले मतदान नगर्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले

तनहुँमा १०७ वर्षीय ज्येष्ठ नागरिकद्वारा मतदान

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बन्केवा निवासी एक सय सात

बाँकेमा महिला मतदाताको उत्साहजनक उपस्थिती (फोटोफिचर)

खजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आज बिहानबाट सुरु

बाँकेको खजुरामा सञ्चारकर्मीलाई फोटो खिच्न अवरोध

खजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आज बिहानबाट सुरु