२९ मंसिर २०८२, सोमबार | December 15, 2025

भक्तपुर अस्पतालमा सुत्केरीको मृत्यु भएपछि अस्पतालका सबै सेवा बन्द



भक्तपुर । सुत्केरीको मृत्यु भएपछि भक्तपुर अस्पतालको सबै सेवा बन्द गरिएको छ । सुत्केरी व्यथाले च्यापेर आइतबार साँझ अस्पताल आएकी चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने महिलाको बच्चा जन्माएको करिव आधा घण्टामा मृत्यु भएपछि आज अस्पतालका सबै सेवा बन्द गरिएको हो ।

सिन्धुपाल्चोक स्थायी घर भएका ती महिला अस्पताल आउँदा रुघाखोकीको लक्षण देखिएको र श्वासप्रश्वास पनि समस्या देखिएको अस्पताल स्रोतले जनाएको छ । मास्कसमेत नलगाई अस्पताल आएका ती महिलालाई स्वास्थ्यकर्मीले मास्क लगाउन अनुरोध गर्दा श्वास फेर्न गाह्रो भएकोले नलगाएको बताएको एक स्वास्थ्यकर्मीले जानकारी दिए ।

मृतक महिलाको कोरोनाको पिसिआर परीक्षणको लागि स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको र रिपोर्ट आउन बाँकी रहेको अस्पताल स्रोतले जानकारी दिएको छ । महिलाको शव अस्पतालको प्रसुती वार्डमा नै राखिएको छ ।

मृतक महिलाले केएमसी अस्पताल सिनामंगलमा नियमित स्वास्थ्य जाँच गर्दै आएको बुझिएको छ । अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवालले मृतक महिलाले नियमितरुपमा केएमसीमा जाँच गर्दै आएको र उक्त अस्पताल हाल बन्द भएका कारण ती महिला सुत्केरी हुन भक्तपुर अस्पताल आएको बताउनुभयो ।

अस्पतालमा मेडिकल सुपरिटेण्डेन डा। सुमित्रा गौतमले मृतक महिलाको स्वास्थ्य परीक्षणको रिपार्ट आउन बाँकी रहेको र रिपोर्ट आइसकेपछि मात्र विस्तृत जानकारी दिने बताउनुभयो । अस्पताल स्रोतका अनुसार मे। सु। गौतम आफैं अहिले सेल्फ क्वारेन्टिनमा बस्नुभएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  ४ : १४ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार